देश चलाउन वैचारिक र सांगठनिक हिसाबले हकदार पार्टी एमाले हो : ओली

देश चलाउन वैचारिक र सांगठनिक हिसाबले हकदार पार्टी एमाले हो : ओली

राजनीतिमा अधिकार लडेर लिने हो।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश चलाउन वैचारिक र सांगठनिक हिसाबले हकदार पार्टी भएको बताएका छन्। आज च्यासलमा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएपछि उनले संघर्षको लामो इतिहास बोकेको पार्टी भएको बताएका हुन्। 

‘नेकपा एमाले एउटा बलिदानपूर्ण संघर्षको लामो इतिहास बोकेको पार्टी हो । ७५ वर्षको राजनीतिक आन्दोलनमा संलग्नता /सहभागिता मात्र होइन नेतृत्व गरेको पार्टी हो। कहिले वैचारिक, कहिले व्यवहारिक र सांगठनिक हिसाबले नेतृत्व गरेको पार्टी हो।’

ओलीले वैचारिक र दृष्टिकोणको हिसाबले स्थापनादेखि नै पार्टीले नेतृत्व गरिरहेको उनको भनाई छ। ओलीले भने,‘ वैचारिक स्पष्टता र सांगठनिक एकता, अनुशासित र गतिशील संगठन भएकाले मात्र हामीले हैसियत प्राप्त गर्न सक्छौं। अरुले कसैले मौका दिएन भन्ने कुरा होइन। राजनीतिमा अधिकार लडेर लिने हो। त्यो पनि पटक पटक लड्नुपर्छ। लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ।’

ओलीले एमाले र संविधान संशोधनप्रति भ्रम फैलाउने कोसिस भइरहेको समेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.