एकीकृत समाजवादीबाट एमाले प्रवेश गर्नेक्रम जारी, नागेन्द्र राय यादवसहितका नेता एमालेमै फर्किए

एकीकृत समाजवादीबाट एमाले प्रवेश गर्नेक्रम जारी, नागेन्द्र राय यादवसहितका नेता एमालेमै फर्किए

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। एकीकृत समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसेकका यादव आइतबार एमाले प्रवेश गरेका हुन्। 

उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका थिए। गत आइतबार पनि नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान,मोहन मगर र जङ्गबहादुर मगर लगायत एमालेमा प्रवेश गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भइ काम गर्न आग्रह गरे । उनले गुटका पछाडी नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए। विभिन्न कठिनाई,षड्यन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.