धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन

धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन

धरान : धरान उपमहानगरपालिकामा खानेपानीको चर्को मूल्य वृद्धि गरिएपछि धरानका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्। 

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका धरानका मेयर हर्कराज राईले बोर्डको बैठक नै नबसी आफूखुसी खानेपानीको मूल्य वृद्धि गरेपछि धरानमा १० राजनीतिक दल, उपमेयर अइन्द्र विक्रम बेघा, २० वटै वडाध्यक्ष सहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका हुन्। 

चालू आर्थिक वर्षबाट खानेपानी महसुल वृद्धि विरुद्ध धरानवासी सडकमा उत्रिएका छन्। १० राजनीतिक दलको नेतृत्वमा उद्योगी, व्यवसायी, मजदुर लगायतका धरानमा बसोबास गनेहरू सडकमा उत्रिएका हुन्। 

उपमेयर बेघा सहितका जनप्रतिनिधि समेत आन्दोलनमा उत्रिएपछि मेयर राईले खानेपानीको मूल्य वृद्धि आफूखुसी गरेको छर्लंग भएको कांग्रेस महाधिवेशन प्रतिनिधि रवि राईले बताए। धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष समेत रहेका हर्कराज राईले एकल निर्णय गरी आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने खानेपानीमा ९ हजार ९ सय रुपैयाँसम्म वृद्धि गरेकाले नगरवासी आन्दोलनमा उत्रनु परेको उनले बताए।
 
शुल्क वृद्धि विरुद्ध १० राजनीतिक दलले चरणवद्ध कार्यक्रम अन्तर्गत धरान-१ स्थित सिंहदेवि चोकदेखि नारा जुलुस लगाउँदै खानेपानी व्यवस्थापन बोर्डको कार्यालयसम्म पुगेका थिए। जनविरोधी निर्णय खारेज गर, जनता ठग्न र मार्न पाइँदैन, खानेपानी बोर्डलाई विधिसम्मत सञ्चालन गर्, खानेपानीको नाममा भएका भ्रष्टचार बन्द गर लगायतका प्ले कार्ड बोकेका थिए। 

उनीहरूले नारा बाजीसहित खानेपानी व्यवस्थापनमा कोण सभामा परिणत गरेर धर्ना समेत दिएका थिए। आन्दोलनकारीले बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलको कार्यकक्ष र प्रशासनमा तालाबन्दी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सहसचिव अमर इजमले साबिकको महसुल कायम नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

आन्दोलनकारीका मागलाई समयमै सम्बोधन नगरे आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी पनि मेयर राईले लिनुपर्ने उनले बताए। उनले मेयर राईले नेपालभरमा सबैभन्दा बढी महसुल वृद्धि गरेको बताए। नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले धरान खानेपानी संस्थापनलाई व्यवस्थापन बोर्डमा गाभ्न नदिने हर्क साम्पाङ षडयन्त्रकारी भएको बताए। 

उनले राई निःशुल्क खानेपानी वितरण गर्छु भनेर मेयरमा निर्वाचित भएपनि चुनावी एजेन्डा बिर्सिएर खानेपानीमा चर्को मूल्य वृद्धि गरेको बताए। एमाले नेता तथा पूर्व सांसदद्वय कुमार राईले हर्क साम्पाङका कारण धरानमा अशान्ति र अराजक बढेको बताए। 

उनले हर्कले धराने जनतालाइ निःशुल्क खानेपानी खुवाउने बाचा गरेर उल्टै मूल्य वृद्धि गरी जनविश्वासको कुठाराघात गरेको बताए। माओवादी केन्द्र धरान इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ)ले मेयर राईले स्वघोषित खानेपानी बोर्डको अध्यक्ष भएर अवैध रूपमा खानेपानीको महसुल वृद्धि गरेको बताए। मेयर राईले एडीबीको ५७ करोड १९ लाख १० हजार ९ सय ९० रुपैयाँ ऋण तिर्न बाँकी रहेकाले खानेपानीको मूल्य वृद्धि गर्नु परेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.