...अनि समातियो बाघ

...अनि समातियो बाघ
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा मानिसलाई आक्रमण गरेर लुकेको बाघलाई नियन्त्रणमा लिएपछि ।

चितवन : नारायणी नदी किनारमा मानिसलाई आक्रमण गरेर लुकेको बाघलाई नियन्त्रणमा लिइएको छ। बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोली, डिभिजन वन कार्यालय भरतपुरको टोली सक्रिय थियो। 

वन्यजन्तु प्राविधिक तिर्थ लामाले आइतबार बेलुका ८ बजेर ५४ मिनेटमा डार्ट गरेका थिए।  उनाले गर्धनमा डार्ट हानेर बाघलाई नियन्त्रणमा लिइएको थियो। उक्त बाघको बिहान ९ बजेदेखि खोजी गरिएको थियो। अन्दाजी १२ वर्षको वयस्क भाले बाघ नियन्त्रण गरिएको हो। उक्त बाघ ३ मिटर ७७ सेन्टिमिटरको रहेको छ। त्यसलाई सौराहामा रहेको वन्यजन्तु अस्पतालमा रहेको खोरमा राखिएको छ। 

‘साँघुरो ठाउँ अनि मानिसको भिडको होहल्लाले हात्ती चम्किएर बेलैमा नियन्त्रणमा लिन सकिएन।’ ‘बाघलाई डार्ट गरेका वन्यजन्तु प्राविधिक तीर्थ लामाले भने, ‘बाघलाई बिहानैदेखि देखेका थियौं। नरकट झाडीले डाट गर्न गाह्रो भयो। सानो प्वालबाट अप्ठ्यारो अवस्थामै भए पनि बाघलाई नियन्त्रण गर्न सफल भएका हौं।’ 

नारायणघाट बसपार्क नजिक रहेको नदी किनारस्थित नरकट घारीमा बाघ लुकेको थियो। बाघ नियन्त्रणका लागि बिहानैदेखि तीनवटा हात्ती प्रयोग गरेर खोजि गरिएको थियो। बाघको गर्जनले दुईवटा हात्ती तर्सेर भागेका थिए। त्यसपछि सौराहाबाट दुईवटा हात्ती ल्याइएको थियो। 

‘स्थलगत अनुगमन गर्दा बाघको पाइला देखेपछि नियन्त्रणको योजना बनायौं। कुनै क्षति हुन नदिएर यसलाई व्यवस्थापन गर्ने  उद्देश्य थियो,’ डिभिजन वन कार्यालय भरतपुरका प्रमुख थीरबहादुर कार्कीले भने, ‘बासस्थानमा जाने क्रममा अल्मलिएर बस्ती क्षेत्रमा आएको अनुमान छ। यसलाई प्राकृतिक बासस्थानमा छोड्ने या खोरमा राखिरहेने यो विज्ञको सल्लाहमा निर्णय गर्छौं।’ 

बजार क्षेत्र भएका कारण मानिसको होहल्लाले नियन्त्रणमा कठिनाइ भएको थियो। बाघदेखि डराएर बिच्किएका दुईवटा हात्ती माउतेको नियन्त्रण बाहिर गएर भागेका थिए।  ‘मानिसको होहल्लाले प्राविधिकलाई नै गाह्रो बनायो। सहरी क्षेत्र भएकाले भीड बढी नै भयो। त्यसैले नियन्त्रणमा ढिलाइ भएको हो,’ चितवन प्रहरी प्रमुख भावेष रिमालले भने।  

भरतपुर महानगरपालिका–१ स्थित नारायणी किनारमा मर्निङ वाक गर्दै गरेका भरतपुर २ बेलटाँडीका पशुपति श्रेष्ठलाई उक्त बाघले आक्रमण गरेको थियो। श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.