भक्तपुरको नगदेशमा ५ वर्षपछि महाकाली नाच सञ्चालन

भक्तपुरको नगदेशमा ५ वर्षपछि महाकाली नाच सञ्चालन

भक्तपुर : मध्यपुर थिमिको नगदेशमा ५ वर्षपछि महाकाली नाच सञ्चालन हुने भएको छ। पूर्व कलाकारहरूको सक्रियतामा मध्यपुर थिमिको नगदेशमा महाकाली नाच सञ्चालनमा आउन लागेको हो।

नाचका लागि हिजोदेखि आयोजक नगदेश सांस्कृतिक पुच र नृत्यनाथ बाँसुरी खलले नगदेश स्वास्थ्य चौकीमा नाच अभ्यास थालेको छ। नाचका लागि आवश्यक १६ जना कलाकार छनोट गरी पुराना कलाकारहरूबाट प्रशिक्षण गराइएको छ। 

कलाकारहरूमा महाकालीमा प्रनिश ज्यापु, देवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डंगोल, सिंहमा रोनित तको, बेतालमा क्रमशः अविन कालु , शैलेश ज्यापु, रोनप बाडे र विप्लप सा झ्या , भूत भैरवमा निरोज बाडे, दिपेश बाडे, कवामा एरिन अवाल, ख्याकमा रोजिन सलाजू, रिदेश तको र माकमा अभियान तको, माकमा अविक अवाल, कवामा क्षितिज बाडे र ख्याक मा रीदेश तको र रोजिन सलाजू र महाकाली नाचका गुरु तेस्रो गुरु राम कृष्ण वैद्यले नाचमा ४ देव गण बन्ने व्यक्तिहरू अग्रसर भएर आउँदा र मुहाली बाधकको अभावमा नाच सञ्चालन हुन नसकेको बताए। 

‘नाच नचाउन महाकाली, महालक्ष्मी, देवी र सिंह ४ जना नाच्ने भनेर अगाडि, भक्त बहादुर बाजे सँग आउन पर्छ। अनि मात्र नाच नचाइन्छ। भएको यही हो। त्यसैले नाच नभएको’ उनले भने। उनका अनुसार नाचमा छानिएका कलाकारहरू सबैलाई शारीरिक बनोट, अनुशासन र अनुभवका आधारमा कलाकार छनोट गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.