प्री ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। सेयर कारोबार साताको तेस्रो दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक ५.६५ अंकले बढेर २८०२.०४ विन्दुमा कायम भएको हो।
यो समयमा ९७ वटा स्क्रिप्सको २९ हजार ९३१ कित्ता सेयर १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका ५२ स्टक्सको मूल्य बढ्दा २१ वटाको घटयो। बाँकी २१ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।