यो सरकार कसैलाई दुःख दिन बनेको होइन, अर्थतन्त्र सुधार गर्न बनेको हो : प्रधानमन्त्री ओली

यो सरकार कसैलाई दुःख दिन बनेको होइन, अर्थतन्त्र सुधार गर्न बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन संशोधनका लागि बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले अर्थतन्त्र सुधारका लागि यो सरकार बनेको बताए

'यो सरकार प्रतिशोधका लागि बनेको होइन। अर्थतन्त्र सुधार, समाज सुधारका लागि बनेको हो। यो सरकारले कसैप्रति पूर्वाग्रह राख्दैन। कसैलाई दुःख दिने काम गर्दैन,' प्रधानमन्त्री ओलीले भने।

उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताए। भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 'भ्रष्टाचार निवारण ऐन संशोधन हुन जरुरी छ। न्यूनीकरण र अन्त्यका लागि संशोधन आवश्यक छ,' उनले भने। 

उनले गल्ती गर्ने कसैको अनुहारसमेत नहेर्ने बताए। त्यस्ता जोकोही व्यक्तिलाई कानुनको कठघरामा उभ्याउने उनको भनाइ छ। 'कसैले गल्ती गर्छ भने भ्रष्टाचार गर्छ भने अनुहार पनि हेरिँदैन। उम्किन पनि पाउँदैन। कठघरामा भ्याइन्छ,' ओलीले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.