सरकारले एउटामात्र गल्ती गरे पनि मसँग जवाफ माग्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको अनुहार नहेर्ने बताएका छन्। उनले संयुक्त सरकार बने पनि भ्रष्टाचार गर्नेलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाए।
उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र गर्नसमेत नदिएको बताए। 'यो धर्तीको अदालतमा मात्र होइन,चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार छु। मैले भ्रष्टाचार गरिनँ, न गर्न दिए। अरुको कुरा रोक्न सकिएन होला तर गर्न दिइएको होइन,' उनले भने।
उनले राज्यको सार्वजनिक सम्पत्ति आफ्नो बनाउन कुनै जरुरी नभएको बताए। 'सामाजिक सञ्जालमा कसैले गाली गर्यो होला। कसैले लेख लेख्यो होला। कसैलाई रिस उठ्यो होला। तर दृढ भएर भन्नु चाहन्छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिइन्नँ। गर्ने कसैको अनुहार हेरिँदैन,' उनल भने। उनले सरकारले एउटामात्र गल्ती गरे पनि आफूलाई समिति बोलाएर जवाफ माग्न आग्रह गरेका थिए।