ट्याक्टरमा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु
सांकेतिक तस्बिर।

विराटनगर : मोरङको धनपालथानमा सडकमा रोकेर राखेको ट्याक्टरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

विराटनगर–रंगेली सडकखण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमा पछाडिबाट बीआर ११ एच ७६६८ नम्बरको मोटरसाइकल साँझ ७:४५ बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–७ का ४० वर्षीय विनोद बहरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थाका बहरदारलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.