महोत्तरीमा ६११ केजी गाँजासहित २ भारतीय पक्राउ

महोत्तरीमा ६११ केजी गाँजासहित २ भारतीय पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले ६११ केजी गाँजासहित दुई जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मातिहारी ग्राम पञ्चायतका २५ वर्षीय गुड्डु कुमार यादव र २९ वर्षीय मनिषकुमार गिरी रहेका छन्। 

उनीहरुलाई एक ट्रकबाट अर्को ट्रकमा गाँजा पल्टिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 
बा.प्र.०३, ००१ ख २८३२ नम्बरको मिनी ट्रकबाट सो परिमाणको गाँजा वीआर३०जी ७०४३ नम्बरको भारतीय ट्रकमा पल्टि गरिरहेको अवस्थामा ४० पोकामा बेरिएको अवस्थामा सो परिमाणको गाँजा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वर्दिवास नगरपालिका १४ मा प्रहरीले चेकजाँच गरिरहेको क्रममा वा.प्र.०३, ००१ ख २८३२ नम्बरको मिनी ट्रक नरोकिकन द्रुत गतिमा फरार भएको थियो। सोही क्रममा प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिबास नगरपालिका-१ मा गाँजा पल्टि गरिरहेको अवस्थामा उनीहरूलाई सो परिमाणको गाँजा, ट्रकसहित नियन्त्रणमा लिएको थियो। 

पक्राउ परेको दुवै भारतीय नागरिकलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत महोत्तरीबाट ८ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.