झाडापखालाका विरामीलाई हेलिकोप्टरबाट उद्धार
जाजरकोट : जाजरकोटमा एक महिला झाडापखालाले सिकिस्त भएपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ। तीन दिनदेखि झाडापखालाले थलिएकी कुशे गाँउपालिका-४ तम्ती निवासी ५२ वर्षीया जलुका शाहीलाई मंगलवार नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।
गत आइतबार पखाला लागेकी शाहीलाई सोमबार स्वास्थ्यचौकी अर्छानी लगिएको थियो। तर, झाडापखाला नरोकिएपछि उनको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरेपछि एकमात्र विकल्पको रूपमा रहेको हेलिकोप्टरबाट उद्धार गरिएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
सामान्य झाडापखाला भएको भए निको हुनुपर्ने तर जति औषधी गर्दा पनि विसेक नभएपछि स्वास्थ्यकर्मीले हैजाको आशंका समेत गरेका छन्। सुर्खेतमा ल्याब परीक्षण पछि मात्र हैजा भए नभएको एकीन हुनेछ।
आफ्नो पहलमा निजी खर्चमा हेलिकोप्टर चार्टर गरिएको भए पनि विरामीको आर्थिक अवस्था कमजोर भएकाले गाँउपालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए। ब