हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनका विषयमा छानबिन गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनका विषयमा छानबिन गर्न संसदीय समितिको निर्देशन
सभापति राजकिशोर यादव।

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाका सम्बन्धमा छलफल गर्दै पछिल्लो समय निरन्तर हवाई दुर्घटना भइरहेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको १५ दिनभित्र छानबिन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको हो। 

हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा क्रममा कोही दोषी देखिए कारबाहीको सिफारिसमा विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए। बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेस गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ।

त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए। बैठकले नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक छिटो सदनमा पेस गर्न पनि निर्देशन दिएको सभापति यादवले जानकारी दिए।

बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका थिए। हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरी कारबाही गर्ने उनले बताए। त्यस्तै उनले उडान सुरक्षासम्बन्धी ऐन निर्माणका साथै विधेयकहरूलाई पनि छिट्टै अघि बढाउने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.