नेप्से परिसूचक ६.७० अंकले बढ्यो, २० अर्ब माथिको सेयर कारोबार

नेप्से परिसूचक ६.७० अंकले बढ्यो, २० अर्ब माथिको सेयर कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १०८ अंकले बढेको नेप्से यसदिन ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेर बन्द भयो। स‍ेन्सेटिभ इण्डेक्स ०.०४  प्रतिशतले बढेर ८३.६९ विन्दुमा अडिएको छ।

यसदिन ३२२ स्क्रिप्सको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँमा  खरिदबिक्री भए। कारोबार रकम भने बुधबारको तुलनामा बढी भएको छ।। बुधबार १७ अर्ब ९५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  कर्णाली डेभलमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट,मीड सोलु हाइड्रोपावर,सोनापुर र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.४ प्रतिशतले घट्यो। कारोबार रकमका आधरमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २० करोड  ९० लाख ९ हजार ७९६ रुपैयाँको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड,नेपाल इन्फ्रास्टक्चर बैंकको ९२ करोड,सोनापुरको ४५ करोड र सानिमा माइ हाइड्रोपावरको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ७९ वट स्टक्सको मूल्य बढ्दा १५९ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने आज स्थिर रह्यो। यसदिन ६ वटा समूहको उपसूचक बढ्दा ७ वटाको उपसूचक भने नकारात्मक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.