कोशी अस्पतालबाट भागेका कैदी एक हप्तापछि पक्राउ

कोशी अस्पतालबाट भागेका कैदी एक हप्तापछि पक्राउ
सांकेतिक तस्बिर।

विराटनगर : विराटनगरको कोशी अस्पतालबाट भागेका कैदी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । 

उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् । 

उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो । 

अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । पक्राउ परेका कैदीका बारेमा थप अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनका अनुसार घटनाका सम्बन्धमा आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.