नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विद्युतका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विद्युतका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा नेपाल विद्युत प्राधिकरणका सहायक लेखापालविरुद्ध मु्द्दा दायर गरेको छ। आयोगले नेपाल विद्युत प्राधिकर बुटवल विवतरण केन्द्रका सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतु्र्वेदीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएको आरोप आज विशेष अदालतमा मुद्दा दायर  गरिएको आयोगमा प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार भारतमा अध्ययन गरी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र छानबिनको लागि पठाइएको भन्नेसमेत व्यहोराको नेपाल विद्युत प्राधिकरणको पत्र सम्बन्धमा अनुसन्धान हुँदा चतुर्वेदीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको अख्तियारको ठहर छ।

उनले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तहको द्वितीय तीय श्रेणीमा उत्तिर्ण गरेको लब्धाङ्क पत्र,अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा.सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी आचरण प्रमाण-पत्र र विद्यालय परित्यागसमेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको अख्तियारले जनाएको छ।

झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाण-पत्रहरू पेश गरी ओहोदा,लाभ र सुविधा प्राप्त गरेको पुष्टि हुन आएकाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको ठहर गर्दै उनलाई सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको आरोप पत्रमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.