आरुघाटमा भेटियो अति संकटासन्न चाइनिज सालक

आरुघाटमा भेटियो अति संकटासन्न चाइनिज सालक

गोरखा : अति संकटासन्नको सूचीमा पर्ने चाइनिज सालक गोरखाको आरुघाटमा भेटिएको छ। गत मंगलबार जंगलबाट निस्किएर आरुघाट गाउँपालिका ९ धमलाचोकस्थित एक स्थानीयको घरमा आएको अवस्थामा चाइनिज सालक भेटिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ।

आफ्नो घरमा सालक आएको बारे स्थानीय घरवालाले इलाका प्रहरी कार्यालय आरुघाटमा खबर गरेका थिए। प्रहरीले नियन्त्रणमा लिई सुरक्षितपूर्वक डिभिजन वन कार्यालय गोरखालाई सो सालक हस्तान्तरण गरेको छ। सो सालकलाई गोरखा नगरपालिका-९ को उपयुक्त वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए।

‘उ बस्ने दुलोमा पानी पसेपछि सालक बाहिर निस्कन्छ। यसरी नै निस्किएर स्थानीयबासीको घरमा पुगेको रहेछ’, पौडेलले भने, ‘घरवालाले इप्रकामा खबर गरेछन्। इप्रकाले वन कार्यालयलाई बुझायो अनि हामीले वनमा सुरक्षितपूर्वक छाड्यौँ।’ पाखेमाछा भनेर चिनिने सालक नेपालमा इण्डियन र चाइनिज दुई प्रजातिका पाइन्छन्। आरुघाटमा भेटिएको सो सालक चाइनिज प्रजातिको रहेको पौडेलले बताए।

अवैध चोरी निकासी हुने भएकाले सालकलाई सरकारले कडा कानून बनाएर संरक्षणको व्यवस्था गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारीमा सूचीकृत सालकको अवैध चोरी निकासी गरेमा कडा कारबाहीको व्यवस्था छ। संकटासन्न वनस्पति तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न बनेको ऐन २०७३ अनुसार यसको अवैध व्यापार गरेमा ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवैको सजायको व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.