जम्बो मन्त्रिपरिषद् बनाएको सर्वत्र आलोचनापछि जनमतले मुख्यमन्त्री सिंहसँग सोध्यो स्पष्टीकरण

जम्बो मन्त्रिपरिषद् बनाएको सर्वत्र आलोचनापछि जनमतले मुख्यमन्त्री सिंहसँग सोध्यो स्पष्टीकरण

काठमाडौं : जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। मधेस सरकार सञ्चालनको विषयमा पार्टीसँग समन्वय नगरेको भन्दै पार्टीले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको हो।

२० सदस्यीय मन्त्रिपरिषद् बनाएको भन्दै मधेस सरकारविरुद्ध सर्वत्र आलोचना सुरू भएको छ। मन्त्रालय बाँडफाँड र जम्बो मन्त्रिपरिषद् गठनमा पनि मुख्यमन्त्री सिंहले पार्टीसँग सल्लाह नगरेको पार्टी प्रवक्ता शरद सिंह यादवले बताए। 

प्रवक्ता यादवका अनुसार पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँड गरेको र अहिले राज्यमन्त्री थपेको, पार्टीले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयहरूको काममा ध्यान नदिएको भन्दै पार्टीले स्पष्टीकरण सोधेका हुन्।

पार्टीले मुख्यमन्त्री सिंहले अनावश्यक उद्‍घाटन समारोहहरूमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको, बजेट बनाउने क्रममा सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छबिमा बारम्बार आँच पुर्‍याएको आरोप लगाएको छ। 

दबाबमा परेर मुख्यमन्त्री सिंहले नचाहिने निर्णयहरू गर्न थालको पार्टी स्रोतले जनाएको छ। जम्बो मन्त्रिपरिषद् विस्तारविरुद्ध क्याबिनेट बैठकमै पनि विरोध भएको एक मन्त्रीको दाबी छ। 'हामीले जम्बो मन्त्रिरिषद् बनाउँदा भोलि सर्वत्र आलोचना हुनसक्छ भनेर ध्यानाकर्षण जनाएकै थियौं। उहाँले किन निर्णय गर्नुभयो, हामीलाई थाहा भएन,' ती मन्त्रीले अन्नपूर्णसँग भने।

सतिश कुमार सिंहलाई हटाएर संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्रीको बागडोर दिने तयारी अध्यक्ष सीके राउतको रहेको पार्टीका कतिपय नेताहरूको भनाइ छ। त्यसैकारण मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.