कोरला नाका जोड्ने (छुसाङ -चैले) सडकको स्तरोन्नति अन्तिम चरणमा

कोरला नाका जोड्ने (छुसाङ -चैले) सडकको स्तरोन्नति अन्तिम चरणमा

जोमसोम : राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक अन्तर्गत जोमसोम-कोरला सडकखण्डको (छुसाङ-चैले) सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। 

कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाद्वारा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ को (छुसाङ-चैले) ५ किमी दुरीमा यसअघि हस्तान्तरण भइसकेको सडक स्तरोन्नति गरिएको हो।

राष्ट्रिय गौरवको सडक अन्तर्गत कोरला सडकखण्डको (छुसाङ-चैले) सडक स्तरोन्नति,कल्भर्ट तथा ड्रेन निर्माण र छुसाङ स्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न ४ करोड ३१ लाख ८३ हजार लागतमा रोहित एण्ड छिरिङ/डीएस बिल्डर्स/युनाईटेड जेभी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। 

आर्थिक वर्ष १२ पुस २०८० सालमा ठेक्का सम्झौता भएको( छुसाङ-चैले)सडक स्तरोन्नतिको सम्झौता अवधि १३ महिना रहेको थियो। तर, निर्माण कम्पनीले  सम्झौता अवधिको ४ महिना अगावै ९५ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले जानकारी दिए।

निर्माण कम्पनीले छुसाङस्थित मुस्ताङ गेटको पक्की पुल संरक्षणका लागि उत्तर/दक्षिण एप्रोज सडकको दुईतर्फी ग्याविन वाल निर्माण र एप्रोज सडक निर्माण गरेको उनले बताए। गतवर्ष कालीगण्डकी नदीको कटानले छुसाङ स्थित मुस्ताङ गेटको पुलको एप्रोज सडकमा आंशिक क्षति पुगेको थियो भने सडक आवागमनमा समेत जोखिम बढेको थियो। 

यस्तै, बर्खायामका अविरल वर्षाले चैले गाउँ तलको सडक मोड आसपासमा सडक तलको संरचना भासिदा सडक जोखिम उत्पन्न भएको थियो। त्यहाँ सडक जोगाउन ग्याबिन वाल लगाइएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर चापागाईंले उल्लेख गरे। आयोजनाले ४ वर्षअघि नै हस्तान्तरण भइसकेको सडकको आवश्यक स्थानमा कल्भर्ट र ड्रेन समेत निर्माण गरेको छ। छुसाङ -चैले मोडमा सडक आरसीसी समेत गरिएको इन्जिनियर चापागाईंले जनाए।

कोरला नाका जोड्ने जोमसोम -कोरला सडक २०७३/०७४ सालमा ७ खण्डमा ग्राभेल सडक निर्माण सुरु गरिएको थियो। जसअन्तर्गत गतवर्षको नयाँ ठेक्का सम्झौता अनुसार छुसाङ-चैले सडकको आवश्यक स्तरोन्नति थालिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.