भक्तपुरमा मनाइयो नागपञ्चमी

भक्तपुरमा मनाइयो नागपञ्चमी

भक्तपुर : हिन्दु धर्मावलम्बीहरूले नाग भगवानको पूजा अर्चना गरेर  शुक्रबार नाग पञ्चमी मनाएका छन्। शुक्रबार हिन्दु धर्मावलम्बीहरूले नजिकका नाग पोखरीहरूमा उभ्याइएका नागका मूर्ति, नारायण मन्दिरमा गएर तथा घरका धोकाहरूमा नागका तस्बिरहरू  टाँसि पूजा अर्चना गरी मनाएका छन्। 

नाग पञ्चमीको अवसरमा विभिन्न नारायण मन्दिरहरूमा एक दिने पञ्चमी मेला लागेको छ। विशेष गरी भक्तपुरको चाँगुनारायण  मन्दिरमा  भक्तजनहरूको घुइँचो लागेको छ। चाँगुनारायणको दर्शन गर्न भक्तपुरसँगै भगिनी जिल्लाहरूबाट ठूलो संख्यामा भक्तजनहरू आएका छन्। भक्तजनसँगै गुँला पर्वको अवसर भएकाले विभिन्न स्थानबाट गुँला पर्व मनाइरहेका बासिन्दाहरू पनि बाजागाजासहित मन्दिर पुगेका छन्। 

मेलामा मन्दिर दर्शन गर्न आएका भक्तपुर नगरपालिका-८ का श्री राम धोजू चाँगुनारायण  पूजा  गरे सुख, समृद्धि प्राप्त हुने र मनोकांक्षा  पूरा हुने आस्था राखी  मन्दिर दर्शन आएको बताउँछन्। धेरै वर्ष पछि नागपञ्चमी कै अवसर पारी आफ्नो परिवार सहित मन्दिरमा आएको उनी बताउँछन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.