सिन्धुलीमा दूध बिक्रीबाट किसानले लिए ६ करोड ३३ लाख

सिन्धुलीमा दूध बिक्रीबाट किसानले लिए ६ करोड ३३ लाख
फाइल तस्बिर

सिन्धुली : सिन्धुलीका किसानले दूध बिक्रीबाट झण्डै साँढे ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। जिल्लाको कमलामाई नगरपालिका र गोलन्जोरका किसानहरूले दूध बिक्रीबाट गत एक वर्षमा ६ करोड ३३ लाख ७४ हजार ५ सय १० रुपैयाँ आम्दानी गरेका हुन्। 

कमलामाई नगरपालिका-३ चपौली र गोलन्जोर गाउँपलिकाको वडा नम्बर ३, ५, ६ र ७ नम्बर वडाका किसानहरूले यस्तो आम्दानी गरेका हुन्।

उनीहरूले स्थानीय सहकारी संस्थामा दूध बिक्री गरेर यस्तो आम्दानी लिन सफल भएको गोलन्जोर गाउँपालिका ५ स्थित लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष देवबहादुर आलेले जानकारी दिए।

दुई पालिकाका पाँच वटा वडामा मात्र एक वर्षमा ६ लाख ३३ हजार ७ सय ४५ लिटर दूध उत्पादन भएको छ। व्यावसायिक रूपमा गाईभैंसी पालन गर्दै आएका किसानहरूबाट दैनिक कम्तीमा ३ लिटरदेखि ३० लिटरसम्म दूध सहकारीमा बिक्री हुने गरेको छ।

कमलामाई नगरपालिका ३ का १ सय ५० जना किसान र गोलन्जोरका ९८ जना गरी कुल २ सय ४८ जना किसानले ६ करोड ३३ लाख ७४ हजार ५ सय १० रुपैयाँ मुल्यको ६ लाख ३३ हजार ७ सय ४५ लिटर दूध बिक्री गरेका हुन्।

उनीहरूले झण्डै १८ करोड मूल्य बराबरको गाईभैंसी पालन गरेको समेत बताइएको छ। सिन्धुलीको कमलामाई र गोलन्जोर दूध उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। 

कमलामाई र गोलन्जोरका सबै वडाका किसानले दूध बिक्री गर्ने गरे पनि यि वडाहरूमा स्थानीय पालिकाले समेत दूध उत्पादनमा अनुदान दिन थालेपछि किसानहरूले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थालेका हुन्।

उत्पादित दूध सहकारी संस्थाले गाउँबाटै खरिद गर्ने र समयमा रकम भुक्तानी दिने भएपछि यहाँका किसानहरू व्यावसायिक रूपमा गाईभैंसी पालेर दूध उत्पादनमा लागेका हुन्।

गत आर्थिक वर्ष २०८०/०८१ मा कमलामाई नगरपालिका ३ मा मात्र २ लाख ३७ हजार ६ सय र गोलन्जोरका ४ वटा वडामा ३ लाख ९६ हजार १ सय ३८ लिटर दूध उत्पादन भएको छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा यस्तो दूध उत्पादन गरी बिक्री गर्ने कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाका २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान समेत प्रदान गरिएको छ। 

गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार गोलन्जोर गाउँपालिकाले किसानहरूलाई प्रतिलिटर ३ रुपैयाँका दरले ९८ जना किसानहरूलाई ११ लाख ८८ हजार ४ सय १६ रुपैयाँ ४ पैसा दूध उत्पादनमा आधारित रहेर अनुदान वितरण गरेको छ।
 
यस्तै कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ रकम वितरण समेत गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.