हुम्लामा चार वर्षमा पनि बनेन पुल

हुम्लामा चार वर्षमा पनि बनेन पुल
सुन्नुहोस्

हुम्ला : कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पु, च्वाखोला नदीमा पक्की पुल निर्माण गर्न चार वर्षअघि सम्झौता भएको थियो। २०७८ साउन १४ गते पक्की पुल निर्माणको सम्झौता भए पनि हालसम्म एउटा पिलर मात्र ठडिएको छ।

ठेकेदार कम्पनीको चरम लापरबाहीले अहिलेसम्म पुल निर्माण कार्य अलपत्र भएपछि स्थानीयहरूले सास्ती खेप्न बाध्य भएका छन्। पक्की पुल समयमै निर्माण नहुँदा नेपालगञ्ज, सुर्खेतबाट ढुवानी हुँदै आएका विकास निर्माणदेखि दैनिक उपभोग्य वस्तु पुलभन्दा पारी झार्नु परेको छ।

पुल नबन्दा नेपालगञ्ज, सुर्खेतदेखि  सदरमुकाम सिमकोट पुग्ने मालबाहक ट्रक, ट्याक्टर, बोलेरो जीप बोकेर आउने च्वाखोलामा रोकिने गरेको चंखेली गाउँपालिका-५ का रुपधन तामाङले जानकारी दिए। पक्की पुल निर्माण नभएपछि नदीभन्दा पारी झरेर झोलुंगे पुल तरेर गाडी चढ्नुपर्ने बाध्यता रहेको उनले बताए। 

हुम्लामा सडकको ट्रयाक खुले पनि च्वाखोला नदीमा पुल निर्माण नुहुँदा हुम्ला अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको चंखेली गाउँपालिका-१ का तिलक बोहराले दुखेसो गरे। 

हिल्सा सिमकोट सडक योजना हुम्लाका अनुसार पक्की पुल निर्माणको जिम्मा स्वच्छ माउण्ट पुमरी जेभी विदुर-१० नुवाकोटका प्रोप्राइटर हिमाल अधिकारीले लिएको जनाएको छ। सम्झौता अनुसार २०८० असार ११ गते निर्माण सम्पन्न हुनुपर्ने निमित्त कार्यालय प्रमुख ओमप्रकाश कोहारले जानकारी दिए। एक पटक म्याद  थप गरेको छ पुल निर्माणको भौतिक प्रगति १५ प्रतिशत रहेको निमित्त कार्यालय प्रमुख कोहारले अन्नपूर्णसँग बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.