मिस युनिभर्स नेपालका प्रतियोगीलाई ‘सास’ वितरण
काठमाडौं : ग्लोबल ग्लामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ का प्रतियोगिलाई 'सास' वितरण गरेको छ । हिल्टन होटलको भवनमा अडिसनमार्फत् छनोट भएका २५ प्रतिस्पर्धीलाई आइतबार मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले सास वितरण गरेका हुन् ।
कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई २, श्रीयन्का थापा ३, अनुष्का वस्थी ४, सुजल बम ५, नेहा चौधरी ६, मनिषा परियार ७, स्मृति सिंह ८, अलिना गुरुङ ९, रेनता कटेल १०, तुलसा नेपाल ११, नियुक्ति अरिजाल १२ र हृतिसा मानन्धरलाई १३ सास वितरण गरिएको छ । त्यसैगरी, पूजा बाँस्तोलालाई १४, खुसी दतराज १५, आयुषा कार्की १६, अस्मी ढकाल १७, शिवानी कर्ण १८, गजल कर्ण १९, करिन मुर्रे २०, संयुक्ता मल्ल २१, अक्सिता क्षेत्री २२, नितु पुन २३, तासी गुरुङ २४ र समृद्धी केसीलाई २५ सास वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १६ वर्षको हुँदा महिला सशक्तीकरणको कुरा गर्दा जेल जानुपरेको प्रसंगलाई जोडेकी थिइन्।