संविधान असंशोधनीय दस्तावेज होइन, समयअनुसार संशोधन हुन्छ : प्रधानमन्त्री ओली

संविधान असंशोधनीय दस्तावेज होइन, समयअनुसार संशोधन हुन्छ : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्ताबेज नभएको पुन दोहोर्‍याएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले संविधान संशोधनीय दस्ताबेज भएकाले समयानुकल संशोधन हुने बताएका हुन्।

उनले भने,‘संविधान असंशोधनीय दस्ताबेज होइन, संशोधनीय दस्तावेज हो।’ उनले भने,‘संशोधन लोकतान्त्रिक मूल्य मान्यतालाई अझ बढी सुढृढ बढाउन, अझ बढी व्यवस्थित बनाउन हो। सुशासन र विकासका कामलाई उपयोगि बनाउन धारा उपधारा केहि फेरबदल गर्न नसकिने होइन।’ 

ओलीले संविधान देश र जनताका लागि,सुशासन र विकासका लागि आवश्यक भएको टिप्पणी गरे। उनले मनलाग्दी रुपमा संविधान संशोधन नहुने स्पष्ट पारे। ओलीले सबैको जनता र दलहरुबीच छलफल गरेपश्चात सहमतिमा संविधान संशोधन गरिने स्पष्ट पारे।

उनले एउटा संविधान सभाबाट संविधान बन्न नसकेर अर्को संविधान सभाबाट सुझबुझ पूर्णरुपमा संविधान जारी भएको स्मरण गरे। एमाले अध्यक्षसमेत रहेका ओलीले देश र जनताका हितमा समर्पित भएर सरकार अगाडि बढ्ने बताए। उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकार निरन्तर अगाडि बढ्ने धारणा राखे।

उनले समाजको व्यवस्थापन र राज्य व्यवस्थापनको परिचालन लोकतान्त्रिक बाटोबाट भइरहेको उल्लेख गरे। ओलीले संविधानको रक्षा र परिपालनका कुनै कमि नरहने प्रतिबद्धता व्यक्त गरे। उनले भने,‘संविधानको रक्षा र परिपालनका कुनै कमि हुने छैन। लोक-लोकतान्त्रिक प्रमाणीमा कसैको मतान्तर, फरक विचार र व्यवहार छैन।’ उनले टिकाउ र दीगो भनेको लोकतन्त्र मात्र भएको बताए। 

 उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक १० दिनभित्र सबै प्रक्रिया पूरा गरेर ऐन बन्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा यो विधेयक रहेको दाबी गरे। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.