संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाऔं : रवि लामिछाने

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाऔं : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरू लामो समय अल्झिएको भन्दै अब भने यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरे। 

उनले न्याय दिने संरचनालाई बलियो बनाउँदै पीडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए। राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पीडितले न्याय पाउन नसक्ने उनले बताए। उनले अन्तर्राष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कामलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। 

त्यस्तै उनले ठूला दल एक ठाउँ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे। उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरूलाई नभत्काउने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरू स्थापित हुने अवस्था आएको समेत बताए।

उनले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पीडितहरूका लागि दुर्भाग्य हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.