ईसेवा मनी ट्रान्सफरले ल्यायो रेमिट पर्व
काठमाडौं : मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन,बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा 'रेमिट पर्व'सुरू गरेको छ। 'रेमिट पर्व' योजना श्रावण ३०, २०८१ देखि एक महिनासम्म सञ्चालन हुनेछ। जसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको ईसेवा वालेटमा प्रति कारोबार न्यूनतम १० हजार बराबरको रेमिट पठाउनु पर्नेछ । ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले चाडपर्व लक्षित नयाँ योजना ल्याएको बताए। उनले भने,'रक्षाबन्धन,बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौं।जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याइ माया अझ गाढा बनाउँदै लैजानु हो ।'
ईसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत् पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।