विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९:३५ बजेतिर दुर्घटना भएको हो । 

उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । 

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.