सेयर बजारमा नयाँ रेकर्ड : नेप्से परिसूचक ३ हजार विन्दुमाथि , कारोबार रकम  ३० अर्ब नजिक

सेयर बजारमा नयाँ रेकर्ड :  नेप्से परिसूचक ३ हजार विन्दुमाथि , कारोबार रकम  ३० अर्ब नजिक
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। कारोबार रकम पनि ३० अर्ब नजिक पुगेको छ।

यसदिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको हो। नेप्से ३ हजार विन्दुमा पुग्दा कारोबार रकम ३० अर्ब नजिक पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३३४ स्क्रिप्सको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख ५१ लाख ९ हजार २१६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७ विन्दुमा अडिएको थियो। बुधबार २३ अर्ब ४३ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसैगरी मंगलबार भने नेप्सेमा करेक्सन आएको थियो। नेप्सेमा करेक्सन आउँदा  कारोबार रकम पनि सोमबारको तुलनामा घटेको थियो। मंगलबार ८.१८ अंकले घटेको सेयर बजारमा २१ अर्बको कारोबार भएको थियो।

सोमबार नेप्से र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको थियो। सोमबार परिसूचक  ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको थियो। सो दिन २७ अर्ब २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २८६०.९१ विन्दुमा पुगेको थियो। सो दिन २५ अर्ब ७७ करोड मूल्य बराबरको सेयर कारोबार भएको  थियो।

आज उच्च अंकले बढेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर,राष्ट्रिय बिमा कम्पनी,मोदी इनर्जी लिमिटेको सेयर १० प्रतिशतले बढ्यो।

नेपाल फाइनान्सका लगानीकर्ताले  गुमाए। यो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा  हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९१ करोड ३३ लाख बराबरको सेयर कारोबार भयो।

सानिमा माइ हाइड्रोपावरको ८३ करोड मूल्य बराबरको कारोबार हुँदा अपी पावर कम्पनीले ६५ करोड,कुमारी बैंकले ६१ करोड,नेपाल इन्भेस्टमेन्टले ६० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएका १०५ स्टकको मूल्य बढ्दा १३७ वटाको मूल्य घट्यो। एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो। आज पाँचवटा समूहको उपसूचक नकारात्मक देखिदा बाँकी ८ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्। 

फाइनान्स,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,माइक्रोफाइनान्स र अदर्श समूहको उपसूचक घट्दा अन्य समूहको उपसूचक बढेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.