बुकी फूलेपछि मनमोहक ढोरपाटन (फोटोफिचर)

बुकी फूलेपछि मनमोहक ढोरपाटन (फोटोफिचर)
सुन्नुहोस्

बेनी : म्याग्दी, बागलुङ र पूर्वी रुकुमको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको सौन्दर्यमा आन्तरिक पर्यटक लोभिएका छन्। 

शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू आउने गरेका छन्। ढोरपाटनका विभिन्न ठाउँमा ५ दिन घुमेर फर्किएका काठमाडौंका आशिल सिलवालले साहसिक सिकारसँगै प्रकृति प्रेमीहरूका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको अनुभव सुनाए। 

‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्रि सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका शिलवालले भने ‘थरिथरीका फूलले रंगिएको ढोरपाटन बर्खा याममा झनै रमाइलो छ।’

ढोरपाटनको फाँट र पाखा बुकी फूलेर रंगिएपछि रमणीय बनेको छ। लेकमा फूल्ने फूलहरूलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ। ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभिएका बताए। 

‘असारदेखि भदौ सम्म अन्य ठाउँमा पर्यटकको अफसिजन भएपनि ढोरपाटनमा सिजन हो,’ उनले भने ‘केही वर्षअघिसम्म वनपाखामा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको आधार बन्न थालेको छ।’

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फूलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीमगरले बताए।  

पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पुर्वी रुकुमका किसानहरूले ढोरपाटनको बुकीमा गाईभैसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन्। बुकीको पोषिलो घाँस खाएका वस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापाले बताए। 

फूलको पहिचान र अभिलेखीकरण गरिँदै 

ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फूल्ने गर्छ। ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने ‘यहाँ पाइने फूलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौ।’ 

संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन्। दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफूली, फट्याग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ। 

संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरूको सहयोगमा अंग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए। आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ। 

वार्षिक १५ हजार पर्यटक 

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका छन्। आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको छ। 

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोस्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ। ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। 

ढोरपाटन शिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कडेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ७१ लाख दुई हजार छ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा तीन करोड ४८ लाख राजस्व संकलन भएको थियो। 

सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजश्व बढेको वरिष्ठ संरक्षण अधिकृत कंडेलले बताए। गत आवमा सार्क राष्ट्रका ४ र अन्य देशका १०२ जना पर्यटक ढोरपाटन आएका थिए। तेस्रो मुलुकका पर्यटक सिकारका लागि र नेपालीहरू घुम्नका लागि ढोरपाटन पुग्ने गरेका छन्। 

बुर्तीवाङदेखि ढोरपाटन जोड्ने सडक स्तरोन्नति कार्य जति सक्दो छिटो सम्पन्न गराएमा पर्यटन आगमन अझै बढ्ने स्थानीय व्यवसायीहरूको भनाइ छ। 

nullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.