यसवर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : पर्यटन मन्त्री

यसवर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : पर्यटन मन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१/०८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालयसम्बन्धी सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले पर्यटन रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यसवर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताए।

सांसद मदन कुमारी शाह (गरिमा) ले पर्यटन क्षेत्रलाई पर्यटन उद्योगमा परिणत गर्न सरकारका के कस्ता अल्पकालिन र दिर्घकालीन योजना छन् भन्दै प्रश्न सोधेकी थिइन्। सांसद शाहले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग वाणिज्य तथा आपू्र्ति मन्त्रालयसँग समन्वयन गरी प्रक्रिया अगाडि बढिसकेको बताए। मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको बताए।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा प्रयाप्त बजेट नभए पनि मन्त्रालयले नेपालको संविधान, सोह्रौ योजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानुनअनुसार काम गरिरहेको बताए। उनले भने, 'मन्त्रालयले नेपालको संविधान, सोह्रौं योजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानुन, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटक रणनीति गुरूयोजना २०१६ देखि २०२५ को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार र पहिचान,पदमार्गहरूको निर्माण,पर्यटकीय उपजहरूको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तररुपमा कार्यान्वयन गर्दै आएको छ।'

मन्त्री पाण्डेले  पर्यटन प्रवर्द्धन गर्न सातवटै प्रदेश लक्षित गरेर 'सात प्रदेश, सात गन्तव्य 'लगायत कार्यक्रमलाई यो वर्षको बजेटमा समावेश गरिएको जानकारी दिए।  भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट 'रोड सो'लगायत प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन भएको बताउँदै मन्त्री पाण्डेले नेपाल पर्यटन बोर्डबाट १०० वटा पर्यटकीय गन्तव्य  पहिचान गरी पर्यटन विभागबाट ती गन्तव्यहरूको पूर्वाधार निर्माणको कार्य भइरहेको समेत जानकारी दिए।

मन्त्री पाण्डेले आन्तरिक हवाई भाडा दरमा एकरुपता कायम गर्न सरकारले छलफल गरिरहेको भन्दै सकारात्मक निर्णय आउने विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.