धादिङमा फोहोरलाई मोहोरका रूपमा परिवर्तन गर्ने अभियान सुरु

धादिङमा फोहोरलाई मोहोरका रूपमा परिवर्तन गर्ने अभियान सुरु
सुन्नुहोस्

धादिङ : धादिङमा फोहोरलाई मोहोरका रूपमा परिवर्तन गर्ने अभियान सुरु भएको छ। जिल्लाको नीलकण्ठ नगरपालिकाले फोहोरलाई व्यवस्थापन नभएर पुन प्रयोग गर्न मिल्ने गरी जैविक कम्पोस्ट मल र अन्य सामाग्री बनाउने अभियान सुरु गरेको हो। 

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरलाई अन्य सामाग्री बनाउन तथा पुनः प्रयोगको अभियान सुरु गरेको छ। अभियानले फोहर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने नगरपालिकाको विश्वास छ। 

नगरपालिकाको बजार क्षेत्रबाट दैनिक पाँचदेखि सात टन फोहर संकलन हुने गर्दछ। अहिले जिल्लाको सदरमुकाम क्षेत्रबाट उत्पादित फोहरलाई अहिले संकलन गरी कम्पोस्ट मोल बनाउन सुरु गरिएको छ।

नगरपालिका क्षेत्रबाट दैनिक निस्कने फोहरलाई कुहिने नकुहिने र सिसा जन्य गरेर तीन तहमा छानी कुहिने फोहरबाट कम्पोस्ट मल बनाउन सुरु गरेको हो।

अहिले परीक्षणका रूपमा मल उत्पादन सुरु भएको छ। नगरपालिका स्थित वडा नम्बर ८ मा मल उत्पादन केन्द्र समेत स्थापना गरिएको छ। यसरी कम्पोस्ट मल बनाउँदा मल तयार हुनका लागि कम्तीमा २१ दिन नत्र एक महिना लाग्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.