मालिका पहुँचमार्ग सडकको वालमा मिसावट सामग्रीको प्रयोग

मालिका पहुँचमार्ग सडकको वालमा मिसावट सामग्रीको प्रयोग
सुन्नुहोस्

गुल्मी : गुल्मीको मालिका पहुँचमार्ग स्तरोन्नतिको काम अहिले तीव्र गतिमा चलिरहेको छ। सिलादी, भानुपोखरा हुँदै अर्खावाङ्ग पुग्ने उक्त सडकमा मेसिनरी, पलम्ब, पलम्ब वालको काम भइरहेको छ। 

पहुँचमार्ग स्तरउन्नतिका क्रममा सडकको पलम्ब वालमा निर्माण व्यवसायीले मिसावट सामग्री प्रयोग गरेको पाइएको छ। मालिका गाउँपालिका-७ घमिरस्थित पुरनकोटमा पलम्ब वाल निर्माणमा मिसावट सामग्री प्रयोग गरेको पाइएको छ। 

पलम्ब वालमा ६० प्रतिशत कंक्रिट र ४० प्रतिशत ढुंगा प्रयोग गर्नुपर्छ। तर, निर्माण व्यवसायीले क्रसर उद्योगबाट लिएको सामग्रीमा मेसिनले निकालेको केही माटो प्रयोग गरेको पाइएको हो। सडक निर्माणको क्रममा कमसल तथा मिसावट सामग्रीको प्रयोग गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। 

गुणस्तरहीन सामान प्रयोग र समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग समेत गरेका छन्। निर्माण कम्पनीले गरेको लापरबाहीका बारेमा पटक पटक स्थानीय सरकार र कार्यालयलाई जानकारी दिए पनि त्यसको कुनै सुनुवाइ नभएको स्थानीय नारायण लम्सालले जानकारी दिए।

छिटो छरितो काम सक्न र राज्यबाट भुक्तानी लिनका लागि निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरिरहेको स्थानीय लम्सालले आरोप लगाए। सडकको पलम्ब वालमा क्रसर उद्योगमा बनाएको सामग्री प्रयोग गर्नुपर्ने थियो। 

तर, निर्माण कम्पनीले बर्खायामको समय र ओभरसियर नभएको मौका छोपेर कामदारले मिसावट सामग्री प्रयोग गरिरहेको स्थानीयको भनाइ छ। स्थानीयले सडकमा मिसावट सामग्री प्रयोग गरेको व्यापक गुनासो आएपछि सडक पूर्वाधार विकास कार्यालय गुल्मीले काम नै रोकिदिएको छ। 

सडक अनुगमनका लागि ओभरसियर निर्माण स्थलमै पुगेर बिहीबार दिउँसोदेखि काम रोकिदिएको कार्यालयले जनाएको छ। ओभरसियर रोहित भण्डारीका अनुसार कामदार पलम्ब वालमा गुणस्तरीय सामग्रीमा मेसिनले निकालेको माटो मिसाएर प्रयोग गरेको पाइएपछि काम नै रोकिएको छ। पलम्ब वालमा प्रयोग गरिएको सबै मिसावट सामग्री हटाउन निर्देशन गरिएको ओभरसियर भण्डारीले बताए। निर्माण कम्पनीले क्रसर उद्योगबाट लिएको सामग्री चेकजाँच गरेर मात्रै काम सुरु गर्ने ओभरसियर भण्डारीले बताए। 

सडकको स्तरोन्नति र ग्राभेलको काम गर्नुपर्ने भएपनि निर्माण व्यवसायीले गरेको ढिलासुस्तीका कारण यहाँका नागरिकले सास्ती खेप्नु परेको छ। मालिका पहुँचमार्ग अन्तर्गतको सडक हुँदै दैनिक दर्जनौं साना तथा ठूला सवारी जिल्लाको सदरमुकाम आउजाउ गर्छन्। 

घमिर, अर्खावाङ्ग, छापहिले लगायतका क्षेत्रका स्थानीयले आवतजावतमा सास्ती खेप्नु उनीहरूको गुनासो छ। सडकको समयमा काम नहुँदा बर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यहाँका नागरिकलाई जोखिमपूर्ण यात्रा गुर्नपर्ने बाध्यता छ। निर्माण व्यवसायीले गरेको ढिलासुस्ती र नागरिकले पाएको सास्तीका बारेमा अन्नपूर्ण पोस्टले पटक पटक समाचार सम्प्रेषण गर्दै आएको छ। 

निर्माण व्यवसायीले विभिन्न बाहान बनाएर सडकको काम कछुवाको गतिमा गरेको स्थानीयको आरोप छ। निर्माण व्यवसायीले अहिले सडकमा अव्यवस्थित रूपमा निर्माण सामग्री राखेर आवतजावतमै दुःख दिएको स्थानीयको भनाइ छ। 

हालसम्म मालिका पहुँच मार्गको ८५ प्रतिशत काम सम्पन्न भएको ओभरसियर भण्डारीले बताए। सडक पूर्वाधार कार्यालयसँग २०७९ माघ २६ गते काम सम्पन्न गर्ने गरी सूर्य कन्टक्सन र चम्फेश्वर शुसान जेभी काठमाडौंले २०७७ माघ २८ गते योजना सम्झौता गरेको थियो। 

कामको सम्झौता मिति सकिँदा समेत निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि पुनः म्याद थप गरेको छ। २०८१ असोज ३० गतेसम्म काम सम्पन्न गरी निर्माण कम्पनीले म्याद थप गरेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ।

उक्त निर्माण कम्पनीले भ्याटसहित १० करोड ५७ लाख ७८ हजार ६६८ रुपैयाँमा १५ किलोमिटर सडक ग्रावेलको जिम्मा लिएको थियो। काम अलपत्र पारेपछि कार्यालयले कयौं पटक निर्माण व्यवसायीलाई पत्र काटेको थियो। 

निर्माण व्यवसायीले पछिल्लो समयमा सडकमा मेसिनरी, वाल र पलम्ब वालको काम गरिरहेको छ। निर्माण कम्पनीले गरेको ढिलासुस्तीका कारण यो सडकमा पटक पटक म्याद थप भएपनि काम सम्पन्न हुन सकेको छैन।

तर निर्माण व्यवसायीले भने कामदारको हेलचेक्राइ र काम गर्दा एक्कासि माथिबाट पहिरो खसेर सामाग्रीमा मिसावट भएको दावी गरेको छ। निर्माण व्यवसायी रुकचन्द्र ढकालले आफूहरूको गलत भएको बताउँदै त्यस्तो गर्न नहुने बताए। कार्यालयको निर्देशनमा काम रोकिएको तर अब गुणस्तर सामग्री लिएर मात्रै काम अगाडि बढाउने निर्माण व्यवसायी ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.