बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुन्नुहोस्

महोत्तरी : बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। 

महोत्तरीका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर सांसद महतोले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। 

बहुप्रतिक्षित बर्दिबास मेडिकल कलेज परिसरभित्र रहेको १ हजार ९६७ वटा रुख कटान गर्नुपर्ने भएकोमा त्यसको भर्पाइमा नयाँ बिरुवा रोपिएका छन्। सो परिसरभित्रमा १९ हजार ६७० वटा विभिन्न प्रजातिको बिरुवाहरू रोपिसकेको ज्ञापनपत्रमा उल्लेख छ। 

आर्थिक वर्ष २०८१ ०८२ मा पुँजीगततर्फ १० लाख रकम मात्र बजेट विनियोजन भएको थियो। सो कार्य सुरु गर्नका लागि रकम अपुग भएकोले प्रशासनिक भवन निर्माणको लागि आवश्यक बजेट व्यवस्थापनको लागि पहल गरिदिनका लागि सो पत्रमार्फत अनुरोध गरिएको छ। 

२०७८ कात्तिकमा पेस गरिएको ५४.५८४ जग्गा भित्रको डीपीआर स्वीकृत गरिदिनुको साथै वन तथा भूसंरक्षण विभागबाट जग्गा सम्झौता गर्नका लागि प्रधानमन्त्रीसमक्ष अपिल गरिएको सांसद कोइरीले जानकारी दिए।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा एक प्रदेश एक मेडिकल कलेज स्थापनाका लागि बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरिएको थियो। तत्पश्चात शिक्षामन्त्रीस्तरीय निर्णयअनुसार जग्गा पहिचानको कार्य भई २०७६ वैशाख १८ गतेका दिन तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत आयोजनाको शुभारम्भ गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.