सप्तकोसी आसपासका क्षेत्रमा उच्च सतर्कता

सप्तकोसी आसपासका क्षेत्रमा उच्च सतर्कता
सुन्नुहोस्

धरान : सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपहिरोले दर्जनौं घर विस्थापित भएपछि त्यसको असर सुनसरी, उदयपुर र सप्तरीमा पर्ने सप्तकोसी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। 

सप्तकोसीमा पानीको बहाब बढ्न सक्ने अनुमान गर्दै सुनसरी, मोरङ र उदयपुर प्रशासनले कोशी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिन कृष्ण भण्डारीले जानकारी दिए। 

शुक्रबार सोलुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न सक्ने भएका कारण कोशी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको डीएसपी भण्डारीले बताए। 

उनले सप्तकोशीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै यहाँका जनताको सुरक्षाका लागि प्रत्येक टोल बस्तीमा माइकिङ गरी उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताए। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले सोलुको बाढी सप्तकोशीमा आएर मिसिने भएका कारण सप्तकोशीमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको बताए। उनले कुनै पनि जनधनको क्षति हुन नदिनका लागि सप्तकोशीमा माछा मार्न, दाउरा खोज्न र डुंगा सञ्चालन गर्न रोक लगाइएको बताए। प्रजिअ तिवारीले कोशी ब्यारेजमा समेत उच्च सतर्कता अपनाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। 

सप्तकोशीका सहायक नदीमा बाढी आएपछि कोशी ब्यारेज र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउने गरिएको छ। उदयपुरको बेलका नगरपालिकामा पर्ने सप्तकोशी नदी आसपासका बासिन्दालाई समेत सचेत रहन आग्रह गर्दै कोशी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षाको लागि पर्याप्त प्रहरी परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी हरिहर योगीले बताए। उनले सप्तकोशीमा पानीको बहाव खासै नबढेकाले आत्तिहाल्ने अवस्था भने नरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.