चियाको गुणस्तर प्रवर्द्धन गर्न ‘नेपाल टी च्यालेञ्ज’

चियाको गुणस्तर प्रवर्द्धन गर्न ‘नेपाल टी च्यालेञ्ज’
फाइल तस्बिर
सुन्नुहोस्

इलाम : स्वदेश र विदेशमा नेपाली चियाको गुणस्तर प्रवर्द्धन गर्नका लागि काठमाडौंको छाया कम्लेक्समा भदौ ११ गते ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुने भएको छ। आन्तरिक र बाह्य बजारमा नेपाली चियाको विश्वसनीयता वृद्धि गर्न च्यालेन्जको आयोजना गरिएको टी स्टेसनका अध्यक्ष प्रज्वल प्रधानले बताए।

सन् २००० देखि २०१५ सम्मको तथ्यांकअनुसार नेपाली चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतले वृद्धि भइरहेको देखिन्छ। मार्केट रिसर्ज डटकमको सर्भेअनुसार सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक दर ५ देखि ८ प्रतिशतले ओरालो लाग्ने तथ्य बाहिर आएको छ।

च्यालेन्जमा कृषि मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहकार्य गर्ने छन्। अध्यक्ष प्रधानले भने, ‘काठमाडौंमा नेपाल चिया च्यालेन्ज २०२४ को घोषणा गर्न र स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।’ 

कार्यक्रममा उत्पादकका रूपमा प्रतियोगिताका लागि आफ्ना चियाका नमुनाहरू प्रदर्शन गर्ने र एकै समयमा आफ्ना चियाको लिलामी भएको हेर्ने अवसर उद्यमीहरूले प्राप्त गर्नेछन्। च्यालेन्जमा चियाका विज्ञहरूले चियाबारेमा महत्त्वपूर्ण सुझावहरू प्रदान गर्ने छन्।

कार्यक्रममा होटल व्यवसायी, क्याफे, खुद्रा विक्रेताहरू, चिया पारखीसँग चिया उद्यमी र व्यवसायीको भेटघाट र अन्तरक्रियाको अवसर प्राप्त हुने आयोजकले जनाएको छ। च्यालेन्जले चिया मूल्य शृंखलाको वृद्धि गर्ने आयोजकको दाबी छ।

टी स्टेसनले चार वर्षअघि इलाममा इलाम टी च्यालेन्ज २०२० आयोजना गरेको थियो। आयोजकका अनुसार च्यालेन्ज २०२४ ले काठमाडौंका मानिसको चासो आकर्षित गर्न, चियालाई मुख्य पेयको रूपमा बुझ्नका लागि बहुआयामिक अवसर प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.