चिकित्सक दम्पतीले खोले फाउन्डेसन

चिकित्सक दम्पतीले खोले फाउन्डेसन
सुन्नुहोस्

चितवन : आफ्नो आम्दानीको रकमबाट वार्षिक रूपमा सामाजिक सेवा गर्दै आएका चितवनका चिकित्सक दम्पती डा. अजय न्यौपाने र डा. सरु थापाले फाउन्डेसन स्थापना गरेका छन्। ग्रामीण, गरिबी र विपन्नको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले ‘डा. अजय डा. सरु फाउन्डेसन’ को स्थापना गरेका हुन्। 

यसअघि उनीहरूले व्यक्तिगत रूपमा सहयोग गर्दै आएका थिए। मुद्दती खातामा १० लाख र चालु खर्च १० लाख गरेर २० लाख रुपैयाँ जम्मा गरेका छन्। बर्सेनि १० लाख मुद्दतीमा राखेर १० वर्षमा एक करोड पुर्‍याउने लक्ष्य छ। फाउन्डेसनको माध्यमबाट सामाजिक कामलाई संस्थागत र दिगो बनाउन खोजिएको अध्यक्ष डा. अजय न्यौपानेले बताए। फाउन्डेसनले मुख्य गरेर चार वटा क्षेत्रलाई लक्षित गरेर काम गर्ने उनले बताए। 

‘आफैंले आर्जित कमाइबाट सामाजिक सेवा गर्ने हो। आफ्नो कमाइलाई सामाजिक सेवाका लागि छुट्ट्याएका हौं। पहिला पनि गरेका हौं। तर अबदेखि संस्थागत गरेका छौं’, डा. न्यौपानेले भने, ‘अक्षय कोषलाई करोड पुर्‍याउने लक्ष्य छ। हामी नहुँदा पनि दिगो होस् भनेर फाउन्डेसन बनाएका हौं।’

उनीहरूले नारायणघाटमा साइराम डेन्टल केयर सञ्चालन गरेका छन्। यसबाट हुने आम्दानीलाई हरेक वर्ष १० प्रतिशत सामाजिक कामका लागि खर्चिंदै आएका थिए। उनीहरू २१ वर्षदेखि चितवनमा बस्दै आएका थिए। डा. न्यौपाने भरतपुर अस्पतालमा दन्त चिकित्सा विभागमा कार्यरत छन्। डा. थापा साइराम डेन्टल केयरकी प्रबन्ध निर्देशक हुन्।

विपन्नताका कारण समस्यामा परेकालाई सहयोग गर्ने योजना रहेको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद र वातावरण संरक्षणमा काम गर्नेछ। स्वास्थ्यको क्षेत्रमा आँखाको उपचारलाई प्राथमिकतामा राखिएको छ। त्यसपछि मुखको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ। सामुदायिक विद्यालयमा पढ्न गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। शैक्षिक कार्यक्रमअन्तर्गत कला संस्कृतिको संरक्षणमा बालबालिकालाई समेट्ने योजना छ। त्यस्तै खेलकुदको प्रोत्साहनको लागि आवश्यकताअनुसार सहयोग गर्ने बताइएको छ। वातावरण संरक्षणको लागि पनि फाउन्डेसनले काम गर्नेछ। वृक्षरोपण कार्यक्रम, प्लास्टिकमुक्त अभियानको थालनीका लागि फाउन्डेसनले काम गर्ने बताइएको छ।

उनीहरूले विकट चेपाङ गाँउमा बालबालिकाका लागि स्वास्थ्य शिविर, पोसाक वितरण, गरिबका लागि ह्विलचियर, उपचारमा सहयोग, प्राकृतिक विपत्मा परेकालाई सहयोग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.