अर्ती, उपदेश र सल्लाहको संगम

पुस्तक

अर्ती, उपदेश र सल्लाहको संगम

पुस्तकमा राज्यसत्ता सञ्चालकहरूलाई अर्ती छ, जीवन सुधार्न चाहनेहरूलाई उपदेश छ र समाज सुधारकहरूलाई सल्लाह पनि।

नेपाली साहित्यमा पनि प्रगतिवादी साहित्य निकै बाक्लो तहमा स्थापित छ। वैयक्तिक आनन्दभन्दा समाजको विकासलाई जोड दिनु, नवीन समाज सिर्जनामा सहयोगका स्वरहरू बोल्नु,    श्रमजीवीहरूको न्यायिक संघर्ष र सुनौलो भविष्यको संकेत गर्नु, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचारको विरोध गर्नु र विद्रोही स्वर उराल्दै क्रान्तिको उदघोष गर्नु प्रगतिवादी साहित्यका विशेषता मानिन्छन्। यसरी हेर्दा क्रान्ति नै परिवर्तनको द्योतक हो भन्ने मतलाई आत्मसाथ गर्दै माक्र्सवादी सौन्दर्यशास्त्रको साहित्यिक अवतरण प्रगतिवादी साहित्य हो। यही सेरोफेरोमा खोटाङ जिल्लामा जन्मिएर कोशी प्रदेशको विराटनगरलाई साहित्यिक साधनाको थलो बनाउन नानुमैयाँ दाहाल ‘खुला आकाशमुनि’ मुक्तक संग्रह लिएर साहित्यिक धरातलमा उदाएकी छन्।

अन्तरवस्तु (भाव पक्ष) कला साहित्यको प्राण हो। तर समाजलाई भन्नुपर्ने कुरामात्र ओकल्दा नारावादी साहित्य भयो भन्ने दोष प्रगतिवादी साहित्यले व्यहोर्ने गरेको पनि छ। संज्ञानात्मक वा विचारात्मक (भाव) पक्ष साहित्यमा अन्तरवस्तु हो भने कलात्मक उपकरणहरू विम्ब, प्रतीक, छन्द, अलंकार, ध्वनि, व्यञ्जना, भाषाशैली आदि रूप पक्ष हुन्। यी दुवैको उपयुक्त मेल साहित्य कलामा आवश्यक छ। खुला आकाशमुनिका मुक्तकहरू वैचारिक उच्चतातर्पmका अनवरत यात्री हुन्, जो शिखर नपुगी थाक्ने छैनन्। विचारोत्तेजक सिर्जनालाई कलात्मक लेपनले सुन्दर बनाउन सक्नु सर्जकको सफलता मानिन्छ। हरेक क्रान्तिले परिवर्तन ल्याउनुपर्छ। यतिसम्म कि हरित क्रान्तिले कृषि क्षेत्रमा, औद्योगिक क्रान्तिले उद्योगधन्दामा, राजनीतिक क्रान्तिले शासन व्यवस्थामा (सुशासनमा) सकारात्मक परिवर्तन ल्याउनुपर्छ, यही नै क्रान्तिको अभीष्ट हो। तर नेपाली समाजमा घटित क्रान्तिले बिनापरिवर्तन दिन व्यतित गरिरहेको यथार्थ पनि हामीभन्दा टाढा छैन।

अर्कोतर्फ, छुवाछूत प्रथा नेपाली समाजको कालो धब्बा हो। १९९१ सालताका महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमार्फत उद्घोष गरेका थिए कि– ‘क्षेत्रीको छोरो यो पाउ छुन्छु घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’। आजको समयसम्म आइपुग्दा पनि नेपाली समाज अभैm जातभातसम्बन्धी कमजोर मानसिकतामा जकडिरहेको छ।

सचेत साहित्यकारहरू यो प्रथाविरुद्ध सिर्जनामार्पmत समाज परिवर्तनको बाटोमा लागिरहेका छन्। त्यही यात्रामा मुक्तककार नानुमैयाँ दाहालको पनि यात्रा निरन्तर छ। उनका मुक्तकहरू छुवाछूत प्रथाविरुद्ध बोल्छन्, नेपाली समाजलाई समानता र समावेशिताको कसीमा घोट्छन्,    श्रमजीवीको पसिनाको पक्षमा वकालत गर्छन्। त्यसैले यी मुक्तक समाज परिवर्तनका वाहक बनेका छन्, प्रत्येक एउटा एउटा सन्देशमा कुनै न कुनै क्रान्ति बोल्छन्। 

मिलेर बस्छन् चरा तिनीहरूबीच कुनै केस हुँदैन 
विभेद रोप्नेगरी आपसमा मागपत्र पनि पेस हुँदैन
स्वतन्त्र छन् जान्छन् मन लागेको ठाउँमा उडेर भुर्र
अन्तर्राष्ट्रिय जाति हुन् चरा तिनको कुनै देश हुँदैन।

साइबेरिया घाँसे मैदानका चराहरू नेपालको कोशी टप्पुमा पनि कुनै कुनै बेला देखिने गर्छन्। उनीहरूको खुला आकाशमा कुनै प्रवेशाज्ञा वा इजाजतपत्रको साँघुरो घेरा लागू हुँदैन। चराहरू अन्तर्राष्ट्रिय जाति हुन्। चरा यहाँ खुला आकाशमा स्वच्छन्द विचरण गर्ने एउटा राम्रो विम्बको रूपमा आएको छ। मान्छे अन्तर्राष्ट्रिय जाति बनोस्, उसले कुनै पनि प्रकारको साँघुरो घेराभित्र सीमित हुनु नपरोस्। यो माक्र्सवादी विचारधाराको अन्तर्राष्ट्रिय सिद्धान्तलाई यस मुक्तकले उचालेको छ। यस मुक्तकमा प्रतीकात्मक रूपमा चरा विम्ब देखापर्छ र यसले मानिसलाई अन्तर्राष्ट्रिय जातिको रूपमा उभ्याएको प्रस्ट देखिन्छ।

निराशाले मान्छेको ऊर्जा क्षीण हुन्छ। आशा जीवन–सक्रियताको बीज हो। यसले साहित्यका माध्यमबाट समेत समाज परिवतनमा बल पु¥याउँछ। त्यसैले निराशाका बादलहरूभन्दा आशाका किरणहरू निकै सुन्दर हुन्छन्। आशामा दह्रो भरोसा राख्न सकेमा आशा यथार्थ रूपमा सफलतामा परिणत हुन्छ। मुक्तकमा उल्लेखित ‘बिहानी’ सकारात्मक परिवर्तन वा प्रगतिको द्योतक हो, अन्धकारपछिको आशालाग्दो भविष्य हो। यो विश्वास नानुमैयाँका मुक्तकहरूले ठाउँठाउँमा बोलेका छन्। अन्तरवस्तु (भाव पक्ष) र रूप–सौन्दर्यको उपयुक्त सम्मि   श्रण, अभेद्य मेलले साहित्य उदात्तताको राज्यमा सफर गर्दछ। यस कुरामा मुक्तककार सचेत देखिन्छन्। यस कृतिभित्र यो र यो जस्तै आलंकारिक मुक्तक धेरै छन्। यी मुक्तकले कृतिलाई उदात्तताको सिँढी चढाउन हरसम्भव बल दिन्छन्।

नानुमैयाँका मुक्तकहरूमा दार्शनिक धरातल मजबुत छ। भौतिकवादी दृष्टिकोणको व्यावहारिक प्रयोगमा आधारित भएर प्रगतिवादी साहित्यिक धारलाई आत्मसाथ गर्नु उनको प्रमुख विशेषता हो। दार्शनिक ज्ञान प्राप्तिको तृषा उनीभित्र कलकलाएको छ। जीवन र जगत्लाई माक्र्सवादी दृष्टिकोणबाट हेर्दा भौतिकवादी धरातलमा ठिंग उभिन आवश्यक छ। यो धरातल दाहालका सिर्जनामा मजबुत देखिन्छ। उनी भौतिकवादी धरातलमा उभिएर प्रगतिवादी साहित्यिक धारमा साधनारत भएको तथ्य यसले प्रष्ट पारेको छ।

प्रत्येक पदार्थको उद्गम उपयोगका लागि हुन्छ। साहित्य कलाले पनि समाज सुधारक र जीवनोपयोगी हुन आवश्यक छ। नानुमैयाँका मुक्तकहरूले रुढीवादी परम्पराविरुद्धको आवाज बोल्छन् र भेदभाव, छुवाछूत, स्वर्ग, नर्क, बोक्सी, दास, तन्त्रमन्त्र, टुना, सती, कुमारी, विधुवा, आदि कुप्रथाविरुद्ध अवैज्ञानिक प्रथाहरूको व्यतिरेकमा विज्ञानसम्मत सभ्यता र संस्कृतिको स्थापना गर्न साथ दिन्छन्। उनका मुक्तकहरूले एकातर्पm भाग्यवाद, ईश्वरवाद आदिबाट समाजलाई अलग गराउन जागरुक बनाउँछन् भने अर्कोतर्पm कर्मवादको असल पाठ पनि सिकाउँछन् र परिवर्तनका सबालहरू पनि उत्तिकै सशक्त रूपमा उठाउँछन्।

आकाश सधैं खुला नै रहन्छ। खुला आकाशले कसैलाई पनि कुनै पक्षपात गर्दैन। ऊ मात्र समानताको पक्षपाती छ। खुला आकाशमुनि सबै खाले जीवनहरू एकनासले फुल्न पाउँछन्। माक्र्सवादी दृष्टिकोणबाट हेर्ने हो भने यो एक किसिम काल्पनिक साम्यवादी स्वर हो। संग्रह नेपाली समाजको बौद्धिक चित्रणमा आधारित छ। यो प्रगतिवादी साहित्यिक धारमा प्रवाहित छ। यसभित्र भोकानांगाहरूको इज्जत छ, झुप्रा र झोपडीप्रति सम्मान छ।    श्रमप्रति आस्था छ र संघर्षप्रति अगाध प्रेम छ। क्रान्तिसँग मितेरी नाता छ, र समाज परिवर्तनसँग दह्रो आलिंगन छ। राज्यसत्ता सञ्चालकहरूलाई अर्ती छ, जीवन सुधार्न चाहनेहरूलाई उपदेश छ र समाज सुधारकहरूलाई सल्लाह पनि। जीवन सुधार, समाज सुधार र राज्यसत्ता सुधारका लागि साहित्यले उत्प्रेरकको रूपमा काम गर्नुपर्छ भन्ने सञ्चेतना यस कृतिमा यत्रतत्र छ, यसैभित्र देशको समृद्धि भेटिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.