कालीबाबाले गरे भीमेश्वरमा क्षमा पूजा

कालीबाबाले गरे भीमेश्वरमा क्षमा पूजा
सुन्नुहोस्

दोलखा : प्रसिद्ध दोलखा भीमेश्वरमा विश्व प्रसिद्ध हिन्दु धर्म गुरु १००८ बाबाले क्षमा पूजा गरेका छन्। शनिबार कालीबाबाले भीमेश्वर मन्दिरमा विशेष पूजा गरेका हुन्।

गत २०८१ साउन ५ गते शनिबार र साउन ९ गते बुधबार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो। शिलामा पसिना आएको थाहा पाएपछि विश्व शान्तिको कामना गर्दै क्षमा पूजा गर्न भारतबाट आएको कालीबाबाले बताए। भीमसेनमा पसिना आउँदा देशमा अनेकौं कष्ट आइपर्ने आदि अनादिदेखि चली आएको कुरा हो। 

‘यो वर्ष एकैदिन दुई पटक र अर्को दिन एकपटक गरी तीन पटक पसिना आएर प्लेन दुर्घटना भयो, देशमा भ्रष्टाचार, दुराचारको अवस्था आइरहेको छ। केही दिनअघि सोलुखुम्बुमा ठूलो बाढी गयो तमाम नष्ट भयो, उनले भने। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा क्षमा माग्न आएको बाबाले बताए। 

बाबाले हिन्दु राष्ट्र कायम गर्न नेपाल सरकारलाई पनि अनुरोध गरेका छन्। कालीबाबा नेपालमा जन्मेका भएपनि भारतमा बस्दै आएका हुन्। कालीबाबासँग भारतीय जगत गुरु, सन्तमहात्माहरु र विशिष्ट धार्मिक व्यक्तित्वहरु समेत दोलखा आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.