धादिङमा नेटवर्कमा समस्या आउँदा उपभोक्तालाई सास्ती

धादिङमा नेटवर्कमा समस्या आउँदा उपभोक्तालाई सास्ती
सुन्नुहोस्

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्र आसपासमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सञ्चारमा समस्या भएको छ। फोन गर्दा फोन नलाग्ने र इन्टरनेट चलाउन पनि सहज नभएको गुनासो सर्वसाधारण मात्रै नभएर सरकारी निकायकै छ। 

संघीय राजधानीसँगै जोडिएको जिल्ला धादिङको बेनीघाट रोराङ आफैँमा सुगम स्थान हो। तर यही सुगम स्थानमै नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर भएका कारण आम उपभोक्ताले पाउनु सम्म सास्ती पाएका छन्। मोबाइलबाट फोन गर्दा फोन नलाग्ने, मोबाइल डाटा राम्रोसँग नचल्ने समस्याले गर्दा हैरानी खेप्नु परेको छ। बिजुलीको लाइन जाने बित्तिकै टेलिकमको नेटवर्क जाने गरेको स्थानीय गोकुल पन्तले बताए। 

मोबाइल नेटवर्कको समस्याले आम उपभोक्ता मात्रै नभएर सरकारी निकाय र सुरक्षा निकायलाई समेत सञ्चारमा समस्या भोग्नु परेको ट्राफिक प्रहरी अमृत मैनाली बताए। टेलिकमको नेटवर्क समस्याले सेवा प्रवाहका पनि समस्या पारेको बेनीघाट रोराङ गाउँपालिकाको छ। नेटवर्कको समस्याका विषयमा नेपाल टेलिकमलाई जानकारी गराए पनि समस्या समाधान नगरेको गुनासो बेनीघाट गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताए। 

आफ्नो नेटवर्कमा समस्या आएको जानकारी पाएपछि नेपाल टेलिकम बबरमहलस्थित मर्मत तथा सञ्चालन विभागका प्रबन्धक रविन्द्र थापाले समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। टेलिकमको टावर भएपनि झ्याप झ्याप जाने बिजुलीका कारण पनि नेटवर्कमा समस्या आएको अड्कल गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.