यू–२० साफ च्याम्पियनसिप, उपाधि घरमै राख्ने अभियानमा नेपाल

यू–२० साफ च्याम्पियनसिप, उपाधि घरमै राख्ने अभियानमा नेपाल
सुन्नुहोस्

काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरूबीचको यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन्। 

नेपाली टोलीले तयारीका लागि पर्याप्त समय पाएकाले उपाधि जित्ने अभियानमा रहेको मुख्य प्रशिक्षक  उर्जन श्रेष्ठले बताए। उनले तयारी र खेल एउटै मैदानमा हुने भएकाले पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। 

‘तयारीका लागि करिब ४५ दिन समय पाएका थियौं। गत वर्ष यू–१९ टोलीमा रहेका ‘ए’ डिभिजन लिगदेखि ‘सी’ डिभिजन लिगसम्म खेलेका अनुभवी खेलाडी छन्। त्यसैले हाम्रो लक्ष्य उपाधि जित्नु नै हो’, प्रशिक्षक श्रेष्ठले भने। कप्तान कुशल देउवाले यसपटक टोली बलियो रहेकाले मानसिक रूपमा पनि तयार रहेको बताए। 

नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो। यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौं संस्करण आयोजना गरेको थियो। सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समै खेलाइएको थियो।

उक्त प्रतियोगितामा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि भारतले लगातार तीन पटक उपाधि जितिसकेको छ। अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ। एक पटक समूह चरणबाटै बाहिरिएको छ। शनिबार आयोजित प्रिम्याच कन्फरेन्समा श्रीलंकाका प्रशिक्षक देभ्साग्याम राजमनिले प्रतियोगिताका लागि टोली तयारी अवस्थामा रहेको जनाउँदै फाइनलमा पुग्ने लक्ष्य राखिएको बताए। साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताए।

बंगलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडी भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताए। बंगलादेश गत संस्करणमा उपविजेता बनेको थियो। भुटानका कप्तान पेमा जाङपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए। 

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेको नेपाली टोलीमा जियारत शेख, कृषल मोक्तान, विशाल केसी, सीमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बू, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लछु थापा, निरज कार्की, हरिशराज भट्ट, धर्वेन्द्र कुँवर, अनिल बमजन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.