अन्नपूर्णकर्मी थापा सम्मानित

अन्नपूर्णकर्मी थापा सम्मानित
सुन्नुहोस्

काठमाडौं  : अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ खेलकुद संवाददाता विष्णु थापा सम्मानित भएका छन्। बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा थापालाई जिल्ला समन्वय समिति काठमाडौंले सम्मान गरेको हो। 

विगत दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय रहँदै आएका थापालाई पत्रकारितामार्फत नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलगायतले सम्मान गरेका हुन्। 

दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील थापा विगत एक दशकदेखि अन्नपूर्ण पोस्ट्मा कार्यरत छन्। उनले अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको आईसीसी टीट्वेन्टी विश्वकप, १९औं एसियाली खेलकुद, १३औं दक्षिण एसियाली खेलकुदलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताको समाचार संकलन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.