प्री ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूद्बक साढे १६ अंकले बढेको छ। नेप्से परिसूद्बक १६.३८ अंकले बढेर २०१७.२० विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा ११९ स्टक्सको १ लाख १० हजार ७६४ कित्ता सेयर ४ करोड ५९ लाख ८६ हजार ९७१ रुपैयाँमा सेयर कारोबार भए।
कारोबारमा आएकामध्ये ६८ स्टक्सको मूल्य बढ्दा ३० वटाको घटेको छ। बाँकी २१ स्टक्सको मूल्य यो सेसनमा स्थिर रह्यो।