आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारी गर्नुपर्छ : ओली

आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारी गर्नुपर्छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थित्व रक्षाको लडाईको खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताएका छन्।

आइतबार पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने बताएका हुन्। 

उनले जस्तोसुकै चुनौतिको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे। उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे। अरु दलहरु मोर्चाको खोजीमा रहेपनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ। 

कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरु मन्जु शर्मा चालिसे र कुन्दन कुसवाहालाई सपथ ग्रहण गराएका थिए। 

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.