उदयपुरमा विङर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते
उदयपुर : उदयपुरमा विङर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रियुगा नगरपालिका-३ की ४९ वर्षीया गीता कार्की राउत रहेकी छन्। कार्की जनज्योति माध्यमिक विद्यालय चुहाडेकी शिक्षिका हुन्।
आइतबार दिउँसो उदयपुरको गाईघाटबाट लहान जाँदै गरेको ना १ ज ६५७९ नम्बरको विङर दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
सप्तरीको सुरुंगा नगरपालिका-५ का बाउन्नाका चालक ३३ वर्षीय दिवस विश्वकर्मालाई नियन्त्रणमा लिइएको डीएसपी राजन चापागाईंले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।