पहिला लखेटिएकाले पाए अर्थमा आकर्षक स्थान

पहिला लखेटिएकाले पाए अर्थमा आकर्षक स्थान
फाइल तस्बिर।
सुन्नुहोस्

भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकसहित अर्थ मन्त्रालयका १६ जना कर्मचारीको हेरफेर गरिएको छ। अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशक रामप्रसाद आचार्यलाई बनाएको छ। आचार्य यसअघि अर्थ मन्त्रालयकै प्रशासन महाशाखामा थिए। 

सहसचिव हरिशरण पुडासैनी भन्सार विभाग महानिर्देशक बनेका छन्। पुडासैनीलाई बिहीबारको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट अर्थमा ल्याएको थियो। 

हालका भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ। सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला तथा सामान्य मन्त्रालयको अतिरिक्तमा पठाइएको छ।

सहसचिव उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। खत्री अर्थ मन्त्रालयकै योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा थिए।

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट हालै अर्थमा सरुवा भएका दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख बनाइएको छ। मुख्यमन्त्री कार्यालय गण्डकीबाट अर्थ मन्त्रालय ल्याइएकी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ। 

ठूला करदाता कार्यालय प्रमुख कर प्रशासक सहसचिव जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाएको छ। सामान्यको अतिरिक्तमा थन्क्याइएकी सहसचिव कविता रेग्मी आन्तरिक राजस्व विभाग उपमहानिर्देशक भएकी छन््। 

आन्तरिक राजस्व विभागको अर्का उपमहानिर्देशकमा गोपीकृष्ण कोइरालालाई पठाइएको छ। हालै कोइरालालाई लोकसेवा आयोगबाट अर्थमा ल्याइएको थियो। ठूला करदाता कार्यालय प्रमुखको जिम्मेवारी रमेश अर्याललाई दिइएको छ। आर्याल भन्सार विभागका उपमहानिर्देशक थिए। मध्यमस्तरीय करदाता कार्यालय प्रमुख पार्वती शर्मा भएकी छन्। शर्मा आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक थिइन्। 

अर्थ मन्त्रालय प्रशासन महाशाखामा मदन दाहाल, वित्तीय संघीयता समन्वय महाशाखामा थानप्रसाद पंगेनी र योजना अनुगमन महाशाखामा महेश भट्टराईलाई लगिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दाहाललाई हालै अर्थमा ल्याएको थियो। 

पंगेनी सहमहालेखा नियन्त्रक थिए भने भट्टराईलाई हालै राष्ट्रिय योजना आयोगबाट ल्याइएको हो। यसअघि नै अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो। अर्थ मन्त्रालयमा कामकाज गर्ने गरी अमृत लम्साल लगिएको छ। उनी मध्यस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक थिए। 

विरगंज भंसारका प्रमुख भन्सार प्रशासक रहेका डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ। श्यामप्रसाद भण्डारीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ। 

हालै कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भण्डारी अर्थमन्त्रालय ल्याइएको थियो। गत बिहीबार ५९ जना सहसचिवको सरुवा गरिएको थियो। 

 

  •     अर्थ मन्त्रालयले रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ। 
  •     सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन्।
  •   संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट हालै अर्थमा सरुवा भएका दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख बनाइएको छ। 
  •     मुख्यमन्त्री कार्यालय गण्डकीबाट अर्थ मन्त्रालय ल्याइएकी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ। 
  •     सामान्यको अतिरिक्तमा थन्क्याइएकी सहसचिव कविता रेग्मी आन्तरिक राजस्व विभाग उपमहानिर्देशक भएकी छन्।
     

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.