काठमाडौंका सडकमा जताततै भ्वाङ, टाल्न आलटाल

काठमाडौंका सडकमा जताततै भ्वाङ, टाल्न आलटाल

काठमाडौं : देशको राजधानी काठमाडौं। चिल्ला सडक र लोभलाग्दा सडकपेटी, जो कोहीले कल्पना गर्ने यस्तै हो। तर, बर्खासँगै राजधानीका सडकमा खाल्डाखुल्डी परेका छन्। जताततै भ्वाङ पनि उस्तै छन्। कतिखेर कुन, खाल्डोमा परिने हो, जोगिएर यात्रा गर्नुपर्ने अवस्था छ। न खाल्डाखुल्डी पुरिएका छन्, न त भ्वाङ नै टालिएका छन्। काठमाडौंको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बानेश्वरबाट शंखमूल जाने बाटोको बीचमा भ्वाङ परेको हो। सडकमुनि रहेको पानीको पाइप फुटेर सडक भासिएको थियो। सुरुमा सानो भ्वाङ देखिएको सडक खोतल्दै जादा मुनिपट्टी निकै भासिएको थियो।

गत साउन २५ गते कमलादीस्थित सडकको बीचमा परेको भ्वाङसमेत अझै टालिएको छैन। काठमाडौं महानगरपालिकाको कार्यालय रहेको स्थाननजिकै भ्वाङ परेको थियो। सडक भासिएको ठाउँमा टुकुचा खोला किनार छ। सडक भासिएपछि उक्त स्थानको सवारी आवागमनमा प्रत्यक्ष असर परेको छ। विचमा डोरी टाँगेर सडक बन्द गरिएको छ। सडकको बीचमै प्वाल परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त सडक टुकुचा नदीमाथि भएको बताएका थिए। सोही दिन नै सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले काठमाडौंका केही घरहरू टुकुचा नदीमाथि रहेको र महानगरले नदीको बाटो खाली गर्ने निर्णय गरेको बताएका थिए।

मेयर बालेनले लेखेका थिए, ‘महानगरले केही समयअघि यस्तै जोखिम देखेर टुकुचा खुला गर्ने अभियान चलाएको थियो। तर, सर्वोच्च अदालतले रोक लगाएपछि महानगर पछाडि हट्नुपरेको थियो।

उनले लेखेका थिए, ‘अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं। सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ। यसपश्चात् खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ।’

आवश्यकताअनुसार खोलामाथि पुल बनाए पनि घर र बाटो बनाउन नहुने उनको टिप्पणी छ। उनी भन्छन््, ‘मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्छ, खोलामाथि घर र बाटो होइन।’

डभिजन सडक कार्यालय काठमाडौं मातहत उक्त सडकमा करिब पाँच मिटरभन्दा गहिरो र करिब १० मिटरभन्दा फराकिलो खाल्डो परेको छ, जुन अहिले पनि टालिएको छैन। यो सडक पूर्ण तया मर्मत गर्न र सञ्चालन गर्न करिब ३ महिना लाग्ने सरोकारवाला बताउँछन््।

केही दिनअघि कीर्तिपुर–१० मा रहेको शिवालय सडकमा दुईवटा खाल्डो परेको थिए। सडक छेउको ढल भत्किएर सडकमा फोहोरपानी बग्न थालेपछि सडकमा प्वाल परेको थियो। र्कीतिपुरका अन्य सडकमा पनि धेरैठाउँ प्वाल पर्ने र सडक भासिने समस्या देखिएका छन््। महालक्ष्मी नगरपालिका ३ इमाडोल जाने भित्री सडकमा बुधबार बिहानै भ्वाङ प¥यो। सडकमा ठूलो खाल्डो परेपछि उक्त सडक हुँदै गरिने अवागमन नै बन्द गरिएको छ। सडक किन भासियो कुनै कारण खुलेको छैन। जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता नरेशराज सुवेदीका अनुसार नयाँपुल बाझोपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा २ वटा भ्वाङ परेका छन््। भ्वाङ झन्डै ३ मिटर जति तल भासिएको छ।

गत असार १९ गते नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डको खाल्डोमा खसेका पठाओ राइडर विकल शाक्य संयोगले बाँचे। उक्त सडकखण्ड हुँदै यात्रा गरिरहेका शाक्य बाइकसहित बीच सडकमै भासिएका थिए। सडकमा परेको ठूलो खाल्डोमा खसेको उनको बाइक निकाल्न पानी तान्ने मेसिन र क्रेन मेसिन नै प्रयोग गर्नुपरेको थियो। सडकको ११÷१२ फिटमुनि खाल्डो परेको थियो। उक्त सडकमा काठमाडौ उपत्यका खानेपानी लिमिटेडले बिछ्याएको खानेपानी पाइपबाट पानी लिक हुँदा ठूलो खाल्डो परेको थियो।

गत माघमा काठमाडौंको बानेश्वरमा गुडिरहेको बस नै भासियो। रत्नपार्कतर्फ जाँदै गरेको बस सडकमा भासिएर कोल्टे परेको थियो। यस्तै २०७८ को कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो। राजधानीको सडकमा हरेक दिन जस्तै खाल्डो पर्ने, भ्वाङ पर्ने र सडक भासिने गरेको छ। सडक भासिएर अवरुद्ध भएका सडक महिनौं दिनसम्म पनि मर्मत हँुदैनन्। राजधानीको सडकको जिम्मा लिएको सडक विभागले सरोकारवाला सँग तालमेल गर्न नसक्दा उपत्यकावासीले दुःख पाइरहेका छन्। आफू हिँड्दै गरेको सडक कतिवेला भासिने हो र ? दुर्घटनामा परिने हो ? हरेकलाई डर हुने गरेको छ। चिटिक्क पारेर बनाइएका सडक कहिले खानेपानीको पाइप बिछ्याउँदा बिग्रन्छ त कहिले विद्युत्को लाइन जोड्दा भत्काइन्छन्। कहिले सडक विभागले संरचना बनाउँछ त कहिले महानगरले सडक बनाउँछ। जसले जे–जे गरे पनि सडक कमजोर हुने र भत्कने समस्या बढिरहेको छ।

सडक किन भासिन्छ ?

सडक निर्माण गर्दा गरिने चरम लापरबाहीले बाटोघाटो भासिने गरेको सरोकारवाला बताउछन्। सडकमा बनाइएका कमजोर भौतिक संरचना नै सडकमा खाल्डो पर्नुको मुख्य कारण हो। सडकमा बिछ्याइने पानीको पाइप, बिजुलीको तार, ढल निकास तथा खोला छेउमा सडक बनाउँदा सडक कमजोर हुने गर्छ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक भासिनु र भत्कनुमा सडक विभागको मात्रै दोष नभएको बताए। उनी भन्छन्, ‘सडक निर्माण र मर्मतसंभारमा एउटै निकायको मात्रै पूर्ण अधिकार छैन। ढलको पाइपले कहीँको सडक बिगारेको छ भने कहीँ कतै पानीको पाइप फुट्दा बिग्रिएको छ। कहिल कतै बिजुलीको तारले सडक बिगारेका छन्।

​​​​​​​सडकमा बनाउनुपर्ने संरचनाहरू एउटै निकायले बनाएको भए यति धेरै समस्या आउँदैनथ्यो। तर, फरक–फरक निकाएले फरक फरक समयमा सडक भत्काउँदा धेरै समस्या देखिएको पोखरेलको तर्क छ। उनी भन्छन्, ‘पुराना संरचनाहरू कसरी बनेका छन्, सडकमुनिको संरचना के कस्तो छ यसको आधिकारकि विवरण र डाटा पनि हामीसँग छैन। यसले गर्दा पनि समस्या देखिएको 

छ। अब कमलादीको सडक भासिएको कुरा गरौ न त्यो सडकमुनि टुकुचा खोला रहेको र पुरातात्विक संरचना पनि रहेको छ भनिएको छ। नयाँ बनेको सडकमा भने यस्ता समस्या कम रहेको उनको तर्क छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.