कङ्फुले चिनिएका भूपेन्द्र

कङ्फुले चिनिएका भूपेन्द्र
सुन्नुहोस्

काठमाडौं : लमजुङको डाँडाथोक–३, दूधपोखरी गाउँपालिकाका भूपेन्द्र गुरुङले सानैमा काठमाडौं देख्न पाए। उनी पढाइमा अब्बल थिए। त्यसैले गाउँको विद्यालयमा दुई कक्षा सक्नासाथ उनी काठमाडौं आए। काठमाडौं आएपछि धुम्बाराहीको बिगिनर्स एकेडेमीमा भर्ना भए।

यस विद्यालयमा सानै उमेरदेखि उसु सिकाइन्थ्यो। गाउँमा कहिलेकाहीँ उनले ब्रुसुलीको फिल्म हेरेका थिए। त्यसैले उनीजस्तै कला देखाउने रहर उनमा थियो। विद्यालयमा त्यस्तै किसिमको खेल खेल्न पाएपछि उनी औधी खुसी भए। उनले छोटो समयमै राम्रो खेल्न थाले। यो देखेर प्रशिक्षकले क्वानमा बोलाए। २०५४ सालबाट उसु सुरु गरेका उनले त्यसपछि यही खेलमै सक्रिय भए। चावहिलको क्वानबाट सुरु भएको यात्रा दशरथ रंगशाला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनासम्म पुग्यो। 

भूपेन्द्रले २०५४ सालदेखि उसु सुरु गरे पनि २०५७ सालदेखि मात्रै राष्ट्रियस्तरका प्रतियोगितामा चिनिन थाले। जब उनले पदक जित्न थालेपछि त्यसपछि उनको परिचयको पाटो पनि फराकिलो बन्दै गयो। सन् २००३ मा गुहेश्वरी माविमा भएको अन्तर विद्यालय उमा उसु च्याम्पियनसिपमा दुईवटा पदक जितेका उनले सन् २००७ मा भएको तेस्रो अन्तर विद्यालय च्याम्पियनसिपमा पनि रजत पदक चुमे। सन् २००८ मा वल्र्ड ताइची दिवसमा आयोजना भएको उपत्यकाव्यापी उमा कङ्फु चम्पियनसिपमा उनले तेस्रो स्थान हात पारे।

यस्तै सन् २०११ मा भएको प्रथम राष्ट्रिय कङ्फुमा दोस्रो र सन् २०१२ मा भएको बृहत् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद महोत्सवमा रजत पदक जिते। सन् २०१५ मा राष्ट्रिय उमा कङ्फ च्याम्पियनसिपमा भने उनले स्वर्ण पदक जित्न सफल भए। भूपेन्द्रले थुप्रै अन्तर्राष्ट्रिय एरिनामा पनि आफूलाई उभ्याए। जसमध्ये केहीमा असफलता बेहोरे भने केहीमा सफलता पनि चुमे।

सन् २०१८ मा जर्मनीमा आयोजना भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा स्वर्ण पदक जिते। उक्त प्रतियोगितामा संसारभरका चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। भूपेन्द्र कोरोना महामारीको समयमा भने आफैं प्रशिक्षण गरिरहन्थे। कोरोनाको कहर सकिएपछि उनले सन् २०२२ मा इङ्ल्यान्डमा भएको उमा युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक जिते। 

भूपेन्द्रले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्री जर्जको भूमिका पनि निर्वाह गरेका छन्। सन् २०१६ मा आयोजना भएको राष्ट्रिय उमा कङ्फु च्याम्पियनसिपमा रेफ्रीजर्जको भूमिका निर्वाह गरेका उनले सन् २०१८ मा नेपालमै आयोजना भएको खुला उमा कङ्फुमा पनि रेफ्रीजर्जको भमिका नभाएका थिए। यस्तै सन् २०२२ मा भारतको लखनउमा आयोजना भएको १४औं राष्ट्रिय कङ्फु च्याम्पियनसिपमा मुख्य रेफ्रीको भूमिका निर्वाह गरे। यस्तै सन् २०२३ मा बेलायतमा आयोजना भएको आईएमएसी ओपन च्याम्पियनसिपमा पनि उनले अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका थिए ।

भूपेन्द्रले विभिन्न सेमिनार तथा वर्कसपमा पनि सहभागिता जनाएका छन्। सन् २०१६ भएको दुई दिने कङ्फु इन्स्ट्रक्टर सेमिनारमा सहभागिता जनाए। सो सेमिनार नेपाल उमा कङ्फु र रेडजेड क्यानडाले संयुक्त रुपमा आयोजना गरेको थियो। सन् २०२३ मा बेलायतमा विश्वका ग्रान्डमास्टरहरूको सहभागिता रहेको ‘ग्यादरिङ द वल्र्ड ग्रान्ड मास्टर्स–२०२३’ सेमिनारमा पनि उनी सहभागी भएका थिए ।

यस्तै सन् २०१८ मा थाइल्यान्डको फुकेटमा भएको सातौं वल्र्ड कङ्फु च्याम्पियनसिपमा टिम म्यानेजरको भूमिका निर्वाह गरेका उनले वल्र्ड ताइची एन्ड क्विगोङ दिवस आयोजनको संयोजक भएर काम गरे। उसुबाट छुट्टिएर कङ्फुलाई अगाडि बढाउने योजना अनुरुप बेलायतमा मुख्यालय रहेको उमा कङ्फु संघ दर्ता अभियानमा लागे। उनीलगायतका व्यक्तिहरूको सक्रियतामा २०७४ सालमा उमा कङ्फु संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो।

संघ दर्तासँगै उनले महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। भूपेन्द्रकै पहल र सक्रियतामा उमा कङ्फुको ६ वटा राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको छ। यही अगष्ट २८ मा ‘वान वल्र्ड वान ब्रेथ’ भन्ने नारासहित विश्व ताइची दिवस मनाउने अभियानमा पनि उनी जुटिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.