अर्थतन्त्र उकास्ने अवसर

अर्थतन्त्र उकास्ने अवसर
सांकेतिक तस्बिर।
सुन्नुहोस्

केही वर्षअघि श्रीलंका टाट पल्टियो। नेपालको अर्थतन्त्र पनि जर्जर थियो र छ। अनि कतिपयले नेपाल पनि श्रीलंका बन्न लाग्यो वा बन्छ भनेर हौवा पिटे। खासमा नेपाली अर्थतन्त्र शिथिल भए पनि श्रीलंकाको र यहाँको परिवेश, परिस्थिति अनि अवस्थै फरक हो। श्रीलंकामा विदेशी मुद्राको सञ्चिति हुन सकेको थिएन। आयात गर्न चाहिने भनेकै विदेशी मुद्रा हो। परीक्षाका उत्तरपुस्तिकाका लागि कागज आयात पनि गर्न नसक्ने हालतमा ऊ पुगेको थियो। विदेशी मुद्राको स्रोत पर्यटन थियो, जुन ठप्प भयो। चिया निर्यात अर्काे आधार थियो, त्यसमा पनि तगारो लागेको थियो।

नेपालको हकमा भने विदेशी मुद्रा सञ्चितिको समस्या त्यस बेला पनि थिएन र अहिले पनि छैन। १३ महिनालाई पुग्ने सामान आयात गर्ने सामथ्र्य नेपालसँग छ। २० खर्बको विदेशी मुद्रा सञ्चिति छ अहिले नेपालसँग। विदेशी मुद्रा सञ्चितिमात्रै होइन, विप्रेषण आप्रवाह पनि सकारात्मक छ। १४ खर्ब रुपैयाँ विप्रेषण भिœयाएको छ नेपालले। शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ। विडम्बना के हो भने बैंकिङ प्रणालीमा पैसाको थुप्रो छ। लगानी विस्तार हुन सकेको छैन। उद्योगले उत्पादन घटाएका छन्। किनभने बजार घटेको छ। 

व्यावसायिक कारोबार सुस्ताएको छ। अहिलेको अर्थतन्त्रको मूल समस्या भनेकै यही हो।

अर्थात्, रोजगारी सिर्जना हुन सकेको छैन। सत्ता परिवर्तनपछि सेयर बजार भने चम्किएको छ, जसलाई अर्थतन्त्रको ब्यारोमिटर भनिन्छ, तै नेपालमा त्यसो भनिहाल्न सकिन्न र मिल्दैन। तर, यसले लगानीकर्ताको र व्यवसायीहरूको मनोबल उँचो बनाएको भने देखाउँछ। सेयर बजारमा आएको लगानीको ओइरो र सूचकमा भएको वृद्धि कतिन्जेल भन्ने सन्देह जीवितै छ। घरजग्गा कारोबार शिथिल छ। सरकारले पुँजीगत खर्च गर्न सकेन। निर्माण व्यवसायीले भुक्तानी पाएनन्। महँगी वृद्धि भयो। यिनै कारण आन्तरिक अर्थतन्त्र कमजोर भएको छ। जसरी सेयर बजारमा लगानीकर्ताको मनोबल उचो भयो, सबैतिर त्यसो हुने विश्वास दिलाउन सरकार सफल भयो भने अर्थतन्त्र चलायमान बन्न कत्ति बेर नलाग्ने अवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.