तीन महिनाअघि बाबु गुमाएकी इलामकी सोनु श्रेष्ठको हृदयघातबाट कोरियामा मृत्यु

तीन महिनाअघि बाबु गुमाएकी इलामकी सोनु श्रेष्ठको हृदयघातबाट कोरियामा मृत्यु
सुन्नुहोस्

साउदी : अध्ययनका लागि कोरिया पुगेकी इलाम- १ माई नगरपालिकाकी २० वर्षीया सोनु श्रेष्ठको मृत्यु भएको छ । उनको हृदयघाटबाट मृत्यु भएको हो। पोस्टमार्टम रिपोर्टले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको छ। उनको शव आफन्तलाई समेत जिम्मा लगाइएको छ । शवको उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको थियो। 

६ महिनाअघि उनी विद्यार्थी भिषामा दक्षिण कोरिया पुगेकी थिइन्। उनी कोरियाको उल्सान नामक विश्वविद्यालयमा अध्ययनरत थिइन्। 

मृतक सोनुका बुवा लिलाकुमार श्रेष्ठको पनि ३ महिनाअघि वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएको थियो। उनको गत जेठमा मृत्यु भएको थियो।  मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ  छन्।

उनीहरू गाउँमै सामान्य खेती किसानी काम गर्छन् । सोनुको शव नेपाल ल्याइने तयारी भएता पनि आर्थिक अभावका कारण ढिलाइ हुने  देखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.