लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन्। आज प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका छन्।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन। साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासको मत दिन अनुरोध गरे। प्रदेशको समृद्धिको आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए।