जनैपूर्णिमाको भोलिपल्टदेखि भक्तपुरमा महाकाली नाच किन देखाइन्छ ?

जनैपूर्णिमाको भोलिपल्टदेखि भक्तपुरमा महाकाली नाच किन देखाइन्छ ?

काठमाडौं : भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ । भक्तपुरस्थित मध्‍यपुर थिमीको दिगु टोलमा बुधबार राति महाकाली नाच देखाइएको हो । पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ । 

यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरू गरिएको थियो । उक्त ऐतिहासिक नाच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव,कावाख्‍या तथा माक देवगण गरी विभिन्न देवीदेवतालाई नचाइएको थियो ।  जीव जिवात्माहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरूको भनाइ छ ।

मध्यपुरथिमिलाई भूतप्रेत,पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको नाच देखाउने परम्परा रहेको संस्कृतिविद्हरूको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.